एमालेको ‘आईटी आर्मी’ युवासंघले गर्याे बहिष्कार

६ साउन /  एमालेको नवगठित आइटी आर्मी युवासंघले गर्यो बहिष्कार गरेको छ भने गठन लगतै विबादित बनेको छ । एमाले नेता प्रभु साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि एमालेभित्र हल्लीखल्ली भएको छ । महेश बस्नेतले ‘साइबर सेना’ परिचालन गरेको भनेर आलोचना भइरहेका बेला फेरि पूर्व माओवादी नेता साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि यसबारे हल्लीखल्ली भएको हो ।

मंगलबार भक्तपुरमा साहले आईटी आर्मी घोषणा गरिरहेका बेला ललितपुरस्थित च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक बसिरहेको थियो । आईटी आर्मी घोषणा गर्न लागेकोबारे एमाले बैठकमा सहभागी नेताहरुबीच सोधखोज नै भएको थियो ।

​कतिपयले साहले घोषणा गरेको ‘आईटी आर्मी’ ले के गर्ने हो ? यसको सङ्गठन कस्तो हुने हो भन्दै चासोपूर्वक सोधखोज गरेको बैठकमा सहभागी एक नेताले बताए ।

त्यसो त माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका साहले आईटी आर्मी घोषणा एमाले नेताहरूलाई जानकारी गराएरै गरेको बुझिएको छ । आईटी आर्मी घोषणा गर्दा पनि उनले एमालेका नेताहरूलाई निम्तो समेत दिएका थिए । तर, साहको निम्तोलाई नेताहरूले महत्त्व दिएको भने देखिएन ।

साहले प्रवक्ता प्रदीप ज्ञवालीदेखि साइबर सेना सञ्चालन गरेका महेश बस्नेत समेतलाई निम्तो दिए पनि कार्यक्रममा कोही सहभागी भएको देखिएन । साहले आईटी आर्मी घोषणा गर्दा पूर्व माओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट सुमन प्याकुरेल लगायतका नेताहरू भने सहभागी भएका थिए ।

बुधबार, ०६ साउन, २०७८, दिउँसोको १२:०८ बजे

सम्बन्धित खवर