झापामा एक अर्ब ३१ करोड ५७ लाख बेरुजु

  झापा / आर्थिक वर्ष २०७७/०७८ मा झापामा एक अर्ब ३१ करोड ५७ लाख ११ हजार बेरुजु रकम देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा झापाका १५ वटा पालिकाको कूल लेखा परीक्षक रकम २७ अर्ब ८१ करोड १४ लाख ८९ हजार (आम्दानी र खर्च) मध्ये एक अर्ब ३१ करोड ५७ लाख ११ हजार बेरुजु रकम देखिएको छ ।
झापाका १५ पालिकामध्ये सबैभन्दा बढी बेरुजु बुद्धशान्ति गाउँपालिकामा देखिएको छ । बुद्धशान्ति गाउँपालिकामा ७.५० प्रतिशत अर्थात १० करोड ३० लाख ८७ हजार बेरुजु रकम देखिएको हो ।
त्यस्तै गौरीगञ्ज गाउँपालिकामा ७.४९ प्रतिशत अर्थात एक अर्ब १४ करोड ९४ लाख ३५ हजारमध्ये ८ करोड ६१ लाख २६ हजार बेरुजु रकम देखिएको छ । यस्तै बिर्तामोड नगरपालिकामा ६.२३ प्रतिशत अर्थात दुई अर्ब ९० करोड ६० लाख ३१ हजारमध्ये १८ करोड ११ लाख ९१ हजार बेरुजु रकम देखिएको छ । ।
त्यस्तै कचनकवल गाउँपालिकाको ६.२१ प्रतिशत अर्थात एक अर्ब १४ करोड १९ लाख ६५ हजारमध्ये ७ करोड ८ लाख ८७ हजार बेरुजु रकम देखिएको छ । यता शिवसताक्षी नगरपालिकाको ६.१ प्रतिशत अर्थात दुई अर्ब ५ करोड ३२ लाख ४९ हजारमध्ये १२ करोड ३४ लाख २३ हजार बेरुजु रकम देखिएको छ ।
त्यस्तै मेचीनगर नगरपालिकाको ५.७१ प्रतिशत अर्थात ३ अर्ब ५० करोड ३९ लाख २ हजारमध्ये २० करोड ५५ रुपैयाँ बेरुजु रकम देखिएको छ भने बाह्रदशी गाउँपालिकाको ५.२७ प्रतिशत अर्थात एक अर्ब ९ करोड ५२ लाख ५३ हजारमध्ये ५ करोड ७७ लाख ५ हजार बेरुजु रकम देखिएको छ ।
त्यसैगरी कनकाई नगरपालिकाको ४.६५ प्रतिशत अर्थात एक अर्ब ७० करोड ६१ लाख २१ हजारमध्ये ७ करोड ९३ लाख ५ हजार बेरुजु रकम देखिएको छ भने कमल गाउँपालिकाको ४.२७ प्रतिशत अर्थात एक अर्ब ६१ करोड ४ लाख ८६ हजारमध्ये ६ करोड ८८ लाख ४२ हजार बेरुजु रकम देखिएको छ ।
त्यसैगरी अर्जुनधारा नगरपालिकाको ४.४ प्रतिशत अर्थात एक अर्ब ७६ करोड ८० लाख ९५ हजारमध्ये ७ करोड १३ लाख ४६ हजार बेरुजु रकम देखिएको छ । भद्रपुर नगरपालिकाको ३.४४ प्रतिशत अर्थात एक अर्ब ९४ करोड १५ लाख ६८ हजारमध्ये ६ करोड ६७ लाख ३८ हजार बेरुजु रकम देखिएको छ ।
त्यस्तै गौरादह नगरपालिकाको ३.१८ प्रतिशत अर्थात एक अर्ब ९६ करोड २ लाख ७७ हजारमध्ये ६ करोड २३ लाख ५२ हजार बेरुजु रकम देखिएको छ भने झापा गाउँपालिकाको ३.१८ प्रतिशत अर्थात एक अर्ब ११ करोड ९२ लाख एक सयमध्ये ३ करोड ५५ लाख ५५ हजार बेरुजु रकम देखिएको छ ।
त्यस्तै दमक नगरपालिकाको २.५२ प्रतिशत अर्थात ३ अर्ब ३० करोड ८६ लाख १२ हजारमध्ये ८ करोड ३४ लाख १४ हजार बेरुजु रकम देखिएको छ भने हल्दिबारी गाउँपालिकाको २.१९ प्रतिशत अर्थात एक अर्ब १७ करोड २२ लाख ९८ हजारमध्ये २ करोड ५६ लाख ८५ हजार बेरुजु रकम देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

बिहिबार, ०५ साउन, २०७९, बिहानको ०९:२२ बजे

सम्बन्धित खवर