डुबेर बालिकाको मृत्यु

मोरङ, साउन ५/ मोरङमा पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको छ । जिल्लाको पथरी शनिश्चरे–९ सगरमाथा चोकस्थित पैनीको पानीमा डुबेर तेह्रथुम छ थर गाउँपालिका–३ घर भई हाल पथरीशनिश्चरे ९ मा बस्दै आएका कुमार लिम्बुको १९ महिनाकी छोरी स्नेहा लिम्बुको मृत्यु भएको हो ।
आँगनमा खेल्ने क्रममा नजिकै रहेको पैनीको पानीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मृतकको शवलाई पोष्टमार्टमका लागि मंगलबारे अस्पताल पठाएको छ । घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहिबार, ०५ साउन, २०७९, साँझको ०६:०२ बजे

सम्बन्धित खवर