जर्मन बुन्डेसलिगा : आरबी लाइपजिगको फराकिलो जित

५ भाद्र / जर्मन बुन्डेसलिगा फुटबलमा आरबी लाइपजिगले फराकिलो जित निकालेको छ ।

नयाँ सिजनमा पहिलो जित दर्ता गर्ने क्रममा लाइपजिगले शुक्रबार राति भिएफवी स्टुटगार्टलाई ४-० गोलले पराजित गरेको हो ।

लाइपजिगलाई जित दिलाउन डोमिनिक सोबोस्लाईले दुई गोल गरे। यस्तै इमिल फोर्सवर्ग र आन्द्रे सिल्भाले एक एक गोल गरे।

जितसँगै लाइपजिगले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा लाइपजिग मैन्जसँग पराजित भएको थियो ।

शनिबार, ०५ भदौ, २०७८, बिहानको ०८:५५ बजे

सम्बन्धित खवर