शिखा सहकारीको १९ करोड बढीको कारोबार

 दमक/  झापाको दमक–६ स्थित शिखा वचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा वितरित वार्षिक प्रतिवेदनका अनुसार संस्थाको गत आर्थिक वर्षमा १९ करोड २३ लाख २१ हजार ६६८ रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।

त्यसैगरी २ हजार ५१३ शेयर सदस्य संख्या रहेकोमा शेयर पुँजी २ करोड २४ लाख ९३ हजार, निक्षेप १५ करोड ४८ लाख ७ हजार ६७६, कर्जा लगानी १६ करोड २० लाख १६ हजार ८५२ रुपैयाँ र हालसम्मको खूद नाफा १९ लाख ६२ हजार २२३ रुपैयाँ गरेको सो प्रतिवेदनमा उल्लेख छ ।

साधारण सभाको उद्घाटन प्रमुख अतिथिका रुपमा रहेका जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम कुमार कोइरालाले गरेका थिए । कार्यक्रममा दमक–६ का वडाध्यक्ष टेक बहादुर थापा विशेष अतिथि, जिल्ला वचत तथा ऋण सहकारी संघ झापाका सहसचिव कमल कुमार घिमिरे र जिल्ला सहकारी संघका लेखा तथा सुपरीवेक्षण समितिका संयोजक तथा सूर्यमुखी वचत तथा ऋण सहकारी संस्था दमकका अध्यक्ष चुडामणि ओझा विशेष अतिथिका रुपमा रहेका थिए । कार्यक्रमका अतिथिहरुले सहकारीले अब वचत तथा ऋणमा मात्र नभएर उत्पादनमूलक क्षेत्रमा पनि लगानी गर्नुपर्ने बताएका थिए । उनीहरुले पछिल्लो समय देशका केही नाम चलेका सहकारी संस्थाहरु धराशायी भएकोमा चिन्ता व्यक्त गर्दै वचतबाट उठेको रकमको सही सदुपयोग गरे र पारदर्शिता अपनाए सहकारी संस्था डुब्नुपर्ने अवस्था नआउने कुरामा जोड दिए ।

सो शिखा सहकारीका अध्यक्ष तेज कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लेखा समिति सदस्य सुनिता खड्का र कार्यक्रम संचालन सचिव तिर्थराज चाम्लिङ राईले गरेका थिए । पशुपति मन्दिरको सभाहलमा भएको कार्यक्रममा उत्कृष्ट कारोबारतर्फ ५० जना, ८ जना वृद्धवृद्धालाई वृद्ध भत्ता, उत्कृष्ट काम गर्ने ४ जना कर्मचारीलाई सम्मान र शैक्षिक वचत गर्ने २३ जना बालबालिकालाई स्कूल व्याग, कापी र डटपेन लगायतका शैक्षिक सामग्रीहरु प्रदान गरिएको व्यवस्थापक तुलसी राजवंशीले जानकारी गराए ।

आइतबार, ०५ भदौ, २०७९, बिहानको ११:२७ बजे

सम्बन्धित खवर