गर्गदेखि ज्ञानदिलसम्म

युद्धप्रसाद लामिछाने

    युद्धप्रसाद लामिछाने

      हिमालय पर्बत र बिन्ध्याचल पर्बत अनि अरब सागर र बंगोप सागर बीचको आर्यबर्त क्षेत्र सनातन धर्मालम्बी हिन्दूहरुको बासस्थानमा बिन्ध्याचल पर्बत समीप गर्गाचल पर्बतमा करीब ५२४० बर्ष पहिले गर्ग ऋषिको आश्रम थियो भन्ने कुरा गर्ग संहितामा पढ्न सकिन्छ । गर्ग ऋषिबाट तत् समयमा यदुबंशीहरु दीक्षित र संस्कारित थिए । भगवान कृष्ण र बलरामको नामाकरण देखि लिएर यज्ञोपबित शुत्र धारणगराई मन्त्र सुनाउनेकाम समेत गर्ग ऋषिबाटै भएको थियो । गर्ग गोत्रका पंचप्रवर गर्ग,गार्ग,गौतम,परासर र बिश्वामित्र हुन्। गर्ग गोत्रीहरुको ईतिहास यहींबाट सुरु हुन्छ ।
वैदिक सभ्यतामा हुर्केका हिन्दूहरुको क्षेत्रमा गृकेली शासक अलेकजेण्डर आतङक र मुस्लिम शासक औरङजेवको जनै आतङ्कले उपद्रो मच्चाए पछि धर्म जोगाउने एवं जीवन रक्षाकालागि आफू अनुकुल स्थान गंगा नदीको तीरै तीर हिमाली श्रृंखला तिर केही हिन्दू लाग्नु पर्यो, लागे । गर्ग गोत्रीहरुपनि यही बाटो पहिलाउंदै (कान्यकुब्जा) कानपुर, कुमाउ गडवाल हुंदै जुम्लाको सिंजा हुंदैहुंदै दैलेखको दुल्लुको भूर्तिगाउँ भएर केही दुल्लुकै लाम्पाटा सम्म बस्न आइपुगे । परिस्थितिजन्य अवस्था अनुसार गर्गगोत्रीहरुका थरहरु समेत निर्धारण हुंदै गए ।
अध्ययन गरेर आचार्य उपाधी पाउनेको आचार्य थर, फौजमा रिसल्लाभएर काम गर्नेको रिसाल थर, लामो टुप्पी पाल्नेहरुको चुंडाल थर, भूर्तिगाउमा रहेकाहरुको भूर्तेल थर, बांसघारी छेउ घर बनाएर बस्नेहरु बांस्तोला थर, गजुरीमा बस्नेहरुको गजुरेल थर, यस्तै प्रकारले बिभिन्न थरहरु हुँदै गए र यसैक्रममा दुल्लुको भूर्तिगाउंबाट लाम्पाटामा बस्नपुगेका मार्कण्डेउ गर्गगोत्रीले लामो छानो भएको घर बनाएको हुंदा मार्कण्डेउको लामिछाने थर हुन पुग्यो । लामोछानो भएको घर बनाएर बसेकाले लामिछाने थर भएका गर्ग गोत्री मार्कण्डेउका चार भाई छोरारु भए । जेठा छोरा दुर्लभसिद्धी, माईला छोरा मणिकान्त, सईंला छोरा बिजयानन्द र कान्छा छोरा अच्युतानन्द थिए ।
जेठाछोरा दुर्लभसिद्धीकोसाथ लागेर बाबू मार्कण्डेउ लामिछाने गोर्खा दरबार तिर लाग्दा छोराहरु माईला, साईला र कान्छा कहा कहा कसरी बस्न पुगे, उहाँहरुका दर सन्तान कहाँ कहा हुनुहुन्छ ? उहाहरुको पहिचानको सवाल पनि छ र खोज अनुसंधानको बिषय समेत बनेको देखिन्छ । वास्तविक बंशबृक्षको आबश्यकता खड्किएको महशुस भईरहेछ । दुर्लभसिद्धी लामिछानेको विद्वताको प्रभावबाट गोर्खाका राजा प्रभावित भै राजाले दरबारमा झिकाई वहांको कार्यदक्षताको मूल्याङ्कन गरि जिम्मेवारी दिंदा सफलतापूर्वक दायित्वहरु पूरा गरेकाले उहाँ र उहाँको आफ्नो लामिछाने परिवार समेतलाई बस्ने उचित ब्यबस्था मिलाई धावा तानद्राङ बिर्ता समेत दिईएको थियो । ‘न्याय नपाए गोर्खा जानु’ भन्ने उक्ति र माना पाथी, धार्नी बिसौलीका कुरा ब्यबस्थित गर्न दुर्लभसिद्धीको सल्लाहले पनि काम गर्यो होला भन्न सकिन्छ ।

दुर्लभसिद्धी लामिछानेका नौ भाई छोराहरु (बिष्णुप्रसाद, रमानन्द, उदयनन्द, बाचश्पति, नयनानन्द, पदमप्रसाद, कमलापति, बरपति र नेत्रप्रसाद थिए । यी छोराहरु मध्ये बरपति धनकुटा आएर बस्ने भए । धनकुटाको भीरगाउं र छुमलिङमा लामिछानेहरुको ठूलै बस्ती छ । यसैक्रममा बरपतिका चारभाई छोराहरु जेठा लोचन, माहिला रचन, साइला शिवानन्द (स्याउन्द) र कान्छा अभयनन्द थिए । लोचन भीरगाउंमै बसे, रचन लेगुवा छुम्लिङ तिर लागे, अभयनन्द तेह्रथुमको कर्कलेतिर गएका हुन् र शिवानन्द (स्याउन्द) धनकुटाको कुरुले तेनुपातिर गएका हुन् भनिएको छ ।
शिवानन्दका एकमात्र छोरा थिए । छोराको नाम थियो जयनन्द । जयनन्दले शिवानन्दको शेख पछि आफ्ना छोराहरु जयमंगल, बर्मलाल, शशिधर र भद्रलाल सहित इलाम जिल्लाको आमचोकमा गएर बस्न थाले । बिक्रम संवत १८७८ सालतिर जयनन्द लामिछानेका कान्छा छोरा श्रीकृष्ण लामिछानेको इलाम आमचोकमा जन्म भयो ।

यो रुम्जाटारको कोदाको पिठो निर्मलको दाउन ।
धर्म र कर्म गुरुङले गरे छक प(यो बाहुन ।।
श्रीकृष्ण लामिछाने (ज्ञानदिलदास) हाम्रा पूर्खा दुल्लभसिद्धी लामिछाने जस्तै चमत्मारिक ब्यक्तित्व थिए । ज्ञानदिलदास (निर्गुण भक्तिधारा साहित्यका सर्जक, जोसमनि परंपराका अनुयायी, तर्क शक्तिमा प्रखर र ब्राम्हणबादका आलोचक थिए । एक पल्ट ज्ञानदिल दास माथि आरोप आएछ ( तिम्रो जात गयो भन्दा दिउँसो राँको बालेर आफ्ना समर्थक सहित मेरो जात कहाँ गयो ? राँको बालेर खोज्दैछौं, भनेछन् ।
यो कुरा म सानुछंदा मेरा हजुरबुवा धनपति लामिछानेको मुखबाट सुन्ने सौभाग्य पाएको थिंए । शन्त ज्ञानदिल दास (श्रीकृष्ण लामिछाने) को सम्मानको लागि ओखलढुङ्गा जिल्लाको रुम्जाटारमा एक भब्य शालिक बनेको छ । हाल इलाम जिल्ला फाकफोकथुम गाउंपालिका वडा नं ३ लामिछाने गाउँ जोरधारा नजिक वहाँकै जन्म स्थानमा सालिक सहित मन्दिर स्थापनाले सरोकारवाला सबैलाई अवलोकन, अध्ययन र अनुसंधानमा सहज हुनेछ । गर्गऋषि देखि शन्त ज्ञानदिलदास सम्मका मैले जानेका, पढेका, बन्धु स्मारिकामा उल्लेख भएका र सुनेका बिषयबस्तुहरुलाई संगेलेर समेटेर यहांहरु समक्ष पस्कने काम गरेको छु, कमी कमजोरीलाई औंल्याई दिन अनुरोध गर्दै मेरो कलम यहीं बन्द गर्दछु । धन्यबाद ।

आइतबार, ०५ भदौ, २०७९, दिउँसोको १२:१६ बजे

सम्बन्धित खवर