लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरेको प्रति नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले चिन्ता व्यक्त गरेका छन् । उनले राष्ट्रपतिले संसद्‍बाट२/२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु चिन्ताजनक रहेको बताएका हुन् ।

उनी भन्छन्, ‘इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक छ!राष्ट्रपतिले संसद्‍बाट२/२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु,प्रधानन्यायाधीश महाभियोगमा पर्नु,दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन् ! सबै जिम्मेवार बनौँ !’

बुधबार, ०५ असोज, २०७९, बिहानको ०९:४० बजे

सम्बन्धित खवर