राष्ट्रपतिको कदमविरुद्ध विद्यार्थीले गरे संयूक्त आन्दोलनको घोषणा

 दमक/ सत्ता गठबन्धनका दलनिकट विद्यार्थी संगठनहरूले राष्ट्रपतिको कदम विरुद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी असंवैधानिक कदम चालेको भन्दै विरोधमा विद्यार्थी संगठनले संयूक्त आन्दोलन गर्ने भएका हुन् ।
सत्ता गठबन्धनमा रहेका दलनिकट विद्यार्थी संगठन नेवि संघका अध्यक्ष दजाङ शेर्पा, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुरेश पराजुली, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रमेश यादव र समाजबादी विद्यार्थी यूनियनका अध्यक्ष नेत्र चापागार्ईले संयूक्त हस्ताक्षर गरेको विज्ञाप्ती सार्वजनीक गर्दै संगठनले आन्दोलनको घोषणा गरेका हुन् ।
घोषित कार्यक्रममा असोज ६ गते देशभर विरोध प्रदर्शन, ७ गते सडक बहस लगायत रहेका छन् । यसैविच सत्ता गठबन्धनका दलनिकट विद्यार्थी संगठनहरूले आज साँझ राष्ट्रपतिको पुत्ला दहन गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी असंवैधानिक कदम चालेको भन्दै विरोधमा विद्यार्थी संगठनले राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् ।
उनीहरूले राजधानीको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसबाट पुत्ला दहन गर्दै प्रदर्शन गरेका थिए । राष्ट्रपतिको असंवैधानिक कदमको देशभर विरोध भइरहेको छ ।

बुधबार, ०५ असोज, २०७९, रातीको ०९:४० बजे

सम्बन्धित खवर