खोटाङका एक व्यक्ति उदयपुरमा मृत फेला

   खोटाङ /  दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अश्विन राई उदयपुरमा मृत फेला परेका छन्।

केही समयअघि मादक पदार्थ अत्यधिक सेवन गरेका अश्विन लड्दा टाउकाको भित्री भागमा चोट लागी गम्भीर घाइते भएको थिए। जिल्ला अस्पताल उदयपुरमा उपचार गरी घर ल्याउदै गर्दा राति पिसाव फेर्न जाने भन्दै गाडीबाट ओर्लिएका राई उदयपुरको रौतामाई गाउँपालिकाको छाम्लिङ आँपडाँडाबाट गत कात्तिक २९ देखि सम्पर्कविहीन बनेका थिए।

सम्पर्कविहीन बनेका राईलाई आफन्तले लगातार पाँच दिन खोजी गर्दा पनि फेला पार्न नसकेर घर फर्किएका थिए। बेपत्ता राईको शव शनिबार हुरहुरे भन्ने ठाउँमा स्थानीयले घाँस काट्न जाँदा देखेपछि सोही ठाउँका जनप्रतिनिधि र मृतकका आफन्त मिलेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ का वडाध्यक्ष लोकन्द्र राईले जानकारी दिए। उनको खोजीका लागि आफन्तले जिल्ला प्रहरी कार्यालय उदयपुरमा मंसिर २ गते जाहेरी समेत दिएका थिए।

आइतबार, ०५ मंसिर, २०७८, दिउँसोको ०१:०६ बजे

सम्बन्धित खवर