दमकको रातो भाले होटलबाट ६ जना पक्राउ

दमक/ दमक नगरपालिकामा रहेको रातो भाले सेकुवा कर्नर होटलमा तास खेलिरहेका अवस्थामा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट २ लाख ५६ हजार ३५० रुपैयाँ र एक बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।

दमक-४ का शेरबहादुर कार्कीले सञ्चालन गरेको होटलमा शनिबार राति तास खेलिरहेको अवस्थामा मोरङको उर्लाबारी नगरपालिका-६ का ६६ वर्षीय विश्वराज पराजुलीसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त होटलमा तास खेल भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

आइतबार, ०५ मंसिर, २०७८, दिउँसोको ०१:१५ बजे

सम्बन्धित खवर