दमक/ दमक ६ स्थित फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले वितरण गर्दै आएको फाल्गुनन्द सहकारी पत्रकारिता पुरस्कारबाट यसवर्ष पत्रकार बिमल लामिछाने पुरस्कृत भएका छन् ।
संस्थाको ११ औ बार्षिक साधारणसभाबाट पत्रकार लामिछानेलाई सो पुरस्कार वितरण गरिएको हो । नगद रु १० हजार १ सय ११ र ताम्रपत्रसहित दोसल्ला ओडाएर पत्रकार लामिछानेलाई सम्मान गरिएको हो ।
दुई दशक बढी समयदेखि पत्रकारितामा क्रियाशील लामिछानेले इलामबाट प्रकाशित देउमाई गर्जन नामक पत्रिकाबाट पत्रकारिताको यात्रा शुरु गरेका हुन् । राष्ट्रिय समाचार समिति, रेडियो गणतन्त्र, जनादेश दैनिक, जनदिशा दैनिक, सुखानी आवाज मासिक, जनविद्रोह दैनिक, पिपुल्स टाइम्स दैनिक, झापा पोष्ट दैनिक, समदर्शी मासिक, बैकल्पिक खबर मासिक र अनलाइन, हिमशिखर टेलिभिजन, पूर्वसन्देश दैनिक हुँदै हाल वीटलाइट न्यूजमा कार्यरत छन् । नेपाल पत्रकार महासंघ झापा शाखाको साधारण सदस्य रहेका लामिछाने हाल नेपाल पत्रकार महासंघ प्रदेश समितिका कोषाध्यक्ष हुन् ।

Facebook Comments Box