गृहमन्त्री बादलको राजीनामा दिने तयारी

बैकल्पिक खवर

काठमाडौं / गृहमन्त्री राम बहादुर थापाले पनि प्रधानमन्त्री ओलिको साथ छोड्ने संकेत दिएका छन ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम्  गृहमन्त्री रामबहादुर थापा समूहका नेताहरुले संसद विघटन प्रतिगामी कदम भएको बताएपछि आफुले पनि राजिनामा दिने लागेको बताएका छन ।

थापाले आज सोमबार बिहान  आफू निकट नेताहरुलाई मन्त्री क्वार्टर पुल्चोकमा बोलाएर छलफल गरेका थिए । छलफलमा पम्फा भुसाल, देव गुरुङ लगायत २० जनाभन्दा बढी नेता सहभागी थिए ।                                                                                               छलफलमा  सहभागी सबैले  एउटै स्वरमा , ‘यो कदम प्रतिगामी हो, यसमा हामी मुकदर्शक भएर बस्न सक्दैनौं ।’ भनेपछि थापाले पनि प्रतिगामी ओलिको कदमलाई साथ दिन नसकिने बताएको छलफलमा सहभागी एक नेताले बताएको अन्लाईन खबरले उल्लेख गरेको छ । नेताहरुले बादल संग धारणा मागेपछि जवाफमा बादलले परामर्श गरेर निर्णय दिन्छु भनेको एक नेताले जानकारी दिए

सोमबार, ०६ पुष, २०७७, दिउँसोको १२:३१ बजे

सम्बन्धित खवर