प्रधानमन्त्रीको गृहनगरमा संसद विघटनको समर्थनमा कोणसभा

बैकल्पिक खवर

दमक/  संसद विघटनको समर्थन गर्दै प्रधानमन्त्री खड्ग प्रसाद ओलिको समर्थनमा झापाको दमकमा कोणसभा सम्पन्न भएको छ । आज बेलुका नेकपा निकट अनेरास्ववियु र युवा संघको अगुवाइमा कोणसभा सम्पन्न भएको हो । दमक प्रधानमन्त्री ओलिको गृहनगर हो ।                                                                              सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले  समर्थक  संसद विघटन गरेसङै उनको बिरोध र समर्थनमा देशैभरी आफ्नै कार्यकर्ताले जुलुस र कोणसभा गर्दै आइरहेका   छन । आज दमकमा राष्ट्रिय यूवा संघ नेपाल, अनेरास्ववियूको अगुवाईमा युवा विद्यार्थी तथा ओली समर्थक नेकपाका कार्यकर्ताहरुले कोणसभा गर्दै ओलीले चालेको संसद विघटनको कदम आवश्यकता भएको तर्क गरे ।                                             उनीहरुले ओलीको नेतृत्वमा रहेको सरकारले गरेका कामहरु देश र जनताका पक्षमा भएको भन्दै सरकारलाई असफल बनाउने षडयन्त्रको भण्डाफोर गरिने बताए । सो अवसरमा युवा संघ अनेरास्ववियुका केन्द्रिय सदस्य डम्बर अधिकारी, युवा संघ झापाका संयोजक शम्भु भण्डारी, नगर अध्यक्ष राम पौडेल र अनेरास्ववियूका जिल्ला अध्यक्ष समर्पण खतिवडाले मन्तव्य राखेका थिए ।  हिजो दमकमै  प्रधानमन्त्रीको कदम असंबैधानिक भएको भन्दै नेकपाकै बिरोध सभा भएको थियो ।

सोमबार, ०६ पुष, २०७७, साँझको ०५:५२ बजे

सम्बन्धित खवर