प्रदेश १ मा ३२ लाखले लगाए खोप

दमक / १४ जिल्ला रहेको प्रदेश १ मा पुस ४ गतेसम्म कोभिड १९ विरुद्धको खोप ३२ लाखभन्दा बढीले लगाएका छन् । पहिलो डोज खोप १७ लाख २९ हजार १ सय १९ जनाले लगाएका छन् । यस्तै दुवै डोज खोप १४ लाख ८८ हजार ७ सय ५५ जनाले लगाएको जिल्ला स्वास्थ्य सूचना प्रणाली प्रविष्टमा उल्लेख छ ।

कोभिड शिल्ड पहिलो डोज खोप ३ लाख ५० हजार ४ सय ८५ जना र दोस्रो डोज खोप २ लाख ७३ हजार ९ सय ५ जनाले लगाएका छन् । यस्तै भेरोसेल पहिलो डोज १० लाख ७६ हजार २ सय ८१ जनाले लगाएका छन् । दोस्रो डोज ७ लाख ५२ हजार ७ सय ७७ जनाले लगाएका छन् । यस्तै जन्सन २ लाख ४५ हजार ४ सय ६५ जनाले लगाएका छन् । यस्तै आस्ट्राजेन पहिलो डोज २ लाख ९६ हजार ३ सय ८४ जनाले लगाएका छन् भने दोस्रो डोज खोप २ लाख १२ हजार ७ सय ९२ जनाले लगाएका छन् । यस्तै फाइजर पहिलो डोज ५ हजार ९ सय ६९ र दोस्रो डोज ३ हजार ८ सय १६ जनाले लगाएका छन् ।

मङ्गलबार, ०६ पुष, २०७८, बिहानको ११:०० बजे

सम्बन्धित खवर