नेप्से आज ५६ अङ्कले बढ्यो

काठमाण्डौ, ६ पुस / लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार भने बढेको छ । नेप्से आज ५६ दशमलव ७३ अङ्कले बढेर दुई हजार चार सय १५ दशमलव ५५ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर उकालो लागेकोमा बीमा, विकास बैंक, उत्पादन, व्यापार र माइक्रोफाइनान्सको शेयर उच्च अङ्कले बढेको छ । दुई सय २६ वटा कम्पनीको शेयर कारोबार भएकोमा १२ वटाको मात्रै घटेको छ ।
आज ४९ लाख ७४ हजार कित्ता शेयर दुई अर्ब ३८ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी कम्पनीको १४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
आज ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेको छ । यस्तै जानकी फाइनान्स र रसुवागढी हाइड्रोको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि गोर्खाज फाइनान्सको शेयर झन्डै नौ प्रतिशतले घटेको छ

मङ्गलबार, ०६ पुष, २०७८, साँझको ०५:४२ बजे

सम्बन्धित खवर