फिक्कलमा सार्वजनिक व्यायामशाला सहितको पार्क बन्दै

दिनेश दङगाल

दमक / पूर्वको पर्यटकीय नगर फिक्कलमा व्यायामसाला सहितको पार्क निमार्ण हुने भएकोे छ ।
फिक्कलमा रहेको लोपोन्मुख लाप्चा समुदायको पुरातात्वित गुम्बा ( फेन्सोड्ग )  को संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले नगरपालिकाले यो अवधारणा अघि सारेको जनाइएको छ । गुम्वाको मर्मत , सम्भार र सम्बर्धन गर्ने र बाँकी क्षेत्रफलमा पार्क निमार्ण गर्ने गरी सरोकारवाला संस्थाका प्रतिनिधिहरु र नगरपालिका बीच आज हस्ताक्षर भएकोे छ । गुम्बाको मर्मतसम्भार भने पुरातात्विक विभागको सल्लाह सुझाब अनुसार हुने सूर्याेदय नगरपालिका प्रमुख रणबहादुर राईले जनाएका छ्न ।

गुम्बा देखि बाहेको झण्डै बाह्र रोपनी जग्गामा सार्वजनिक व्यायामशाला सहितको पार्क निर्माण हुने र सो पार्कको संचालनको जिम्मा फेन्सोगलाई हुने सम्झौतामा उल्लेख छ । सम्पूर्ण भौतिक पूर्वाधारको काम संघीय र स्थानीय सरकारको लागत साझेदारीमा हुनेछ। दुई चरणमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो पार्कको भौतिक पूर्वाधारको निर्माणमा सङ्घीय र स्थानिय सरकारको साझेदारी रहने जनाइएको छ । सो योजना ३ करोड १४ लाखमा सम्पन्न गर्ने लक्ष्य रहेको नगर प्रमुख राइले जानकारी दिए ।

आज गरिएको सम्झौतामा सूर्योदय पालिकाको तर्फबाट का।मु। प्रमुख प्रशासकीय अधिकृत श्री रूद्र नारायण सापकोटा र फेन्साग गुम्बाको तर्फबाट अध्यक्ष श्री प्रेम बहादुर लाप्चाले हस्ताक्षर गरेका थिए । सो अवसरमा नगर प्रमुख राइ , १० न बडाअध्यक्ष पेमा उगेन लामा, कार्यपालिका सदस्य बीर बहादुर लाप्चा, प्रशासकीय अधिकृत श्री सविना चौलागाई, मानवीर लाप्चा, लगायतको उपस्तिथि रहेको थियो । गुम्बाको मर्मत तथा ब्यायामशालाको निमार्णकार्य अघि बढाउनका लागी आगामी केही दिनमै टेन्डर प्रक्रिया अगाडी नगरपालिकाले जनाएको छ ।

बुधबार, ०८ माघ, २०७६, रातीको ०९:०२ बजे

सम्बन्धित खवर