बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

१० फाल्गुन , धनगढी/ विद्यालयमै बालिका बलात्कार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

डडेल्धुरामा को गन्यापधुरा गाउँपालिका–४ भुवनेश्वरी माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक देवीलाल भट्टलाई पक्राउ गरिएको हो ।

बालिका बलात्कार गरेको उजुरी परेपछि उनलाई प्रहरीले आइतवार नियन्त्रणमा लिएको हो ।

प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले ती शिक्षकलाई पक्राउ गरिएको बताए । घटनाको थप अनुसन्धान भइरहेको छ ।

सोमबार, १० फागुन, २०७७, साँझको ०५:४८ बजे

सम्बन्धित खवर