नेकपा प्रचण्ड–माधव समूहले ६८ जिल्लाको नेतृत्व चयन गर्‍यो ,झापा अध्यक्षमा वेदराज

१० फाल्गुन ,झापा /
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमा नफुेपनि सांगठानिक रुपमा दुई चिरा भएका छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शार्म ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघठन गरेसंगै नेकपा दुई समूहमा विभाजित भएको हो ।

प्रधानमन्त्री ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)–माधवकुमार नेपाल समूह औपचारिक रुपमा पार्टी विभाजन नभएपनि सबैसंगठनमा आफू निकट कमिटी निर्माणमा ब्यस्त भएका छन् ।

दुवै समूहले आफुसंग बहुमत रहेको भन्दै निर्वाचन आयोगमा आफैं आधिकारी भएको दाबी समेत गरेका छन् । निर्वाचन आयोगले कुनै समूहलाई आधिकारीकता प्रधान नगर्दा विधिवत रुपमा नेकपा एउटै भएपनि दुई समूहमा विभाजित भएर एक अर्काको विरोधमा उत्रिएका छन् ।

दाहाल–नेपाल समूहले संसद पुर्नस्थापनाको माग गर्दै आन्दोलन गरिरहेको भने ओली समूहले वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकाले निर्वाचनमा जानुको विकल्प नभएको भन्दै आमसभा गर्दैछन् । दुवै समूले पार्टीमा आफु निटक पदाधिकारीहरु चयन प्रक्रियालाई अघि बढाएका छन् ।

यसैक्रममा प्रचण्ड–माधव समूहले भागबन्डाका आधारमा ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । पूर्वमाओवादी समूहले ३५ र पूर्वएमाले समूहले ३३ जिल्लामा नेतृत्व पाएको छ । प्रचण्ड–माधव समूहले ६८ जिल्लाका अध्यक्ष र सचिव टुङ्गो लगाएको हो । अब नौ जिल्लामा नेतृत्व चयन गर्न बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।

यसअघि नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच ५०–५० प्रतिशतका आधारमा नेतृत्व चयन गर्ने गरी नौ बुँदे सहमति भएको थियो ।

पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने उल्लेख छ । साविक नेकपा (एमाले) पङ्क्तिमा रहेका गुट तथा फुटपरस्तले कार्यकर्तालाई भ्रमित तुल्याउने प्रयास गरेको भन्दै जिम्मेवारी प्रदान गर्दा भ्रम चिर्न सक्नेलाई विशेष जोड दिने सहमतिमा उल्लेख छ ।

यसैबीच नेकपा प्रचण्ड–नेपाल समुहको झापाको अध्यक्षमा वेदराज रेग्मी चयन भएका छन् । उनी नेकपाका प्रदेश कमिटी सदस्य थिए । नेकपाका जिल्ला अध्यक्ष चिन्तन पाठक ओली पक्षमा लागेपछि नयाँ अध्यक्ष चयन गरिएको हो । सचिवमा भने तत्कालीन माओवादीका नेता मणिकुमार साम्पाङ (विजय) रहेका छन् ।

सोमबार, १० फागुन, २०७७, साँझको ०५:५१ बजे

सम्बन्धित खवर