उर्लावारीका तीन सहकारी संस्था एकिकरण हुने:

दमक / ऊर्लावारीमा क्रियासिल रहेका तिन सहकारीहरु एकआपसमा मर्च हुने भएका छन । विगत लामो समय देखी यस क्षेत्रमा सेवा पुर्‍याउँदै आएका महिला उत्थान, सुनपकुवा र हाम्रो साकोस उर्लाबारीको एकिकरणका लागि आज शनिबार हाम्राे साकाेसमा सयुक्त बैठक बसेको हाम्रो साकोसका अध्यक्ष ढक बहादुर थापाले जानकारी दिए । आज बसेको संयुक्त बैठकले एकीकरण सल्लाहकार समिती र एकीकरण संयुक्त कार्यदल गठन गरेकाेछ । सल्लाहकार समितीमा प्रेमप्रकाश कोइराला संयोजक, गंगा प्र बास्तोला सदस्य र बिधा चाम्लिंग सदस्य रहेका छन भने एकिकरण संयुक्त कार्यदलमा डि। बी। थापा संयोजक, सदस्यहरुमा पदम सापकोटा, शर्सु देवी गुरुंग, राम गौतम, मनोरथ भण्डारी, शिला दाहाल, राम कुमार बुढाथोकी, रमेश सुबेदी, पुजन परियार रहेका छन। आउदो २०७७ असोज सम्ममा संस्थाहरु बिधिवत एकिकरण गर्ने उदेश्यका साथ कार्यदलले काम गर्ने थापा ले बताए । एकिकरण पछि ११ हजार भन्दा बढी सेयर सदस्य, ६१ करोड भन्दा माथि कुल पुँजी, २.५ अरब माथि बार्षिक कारोबार, ६ कराेड भन्दा माथी शेयर पुजी र ५ वटा स्थानिय पालिकाहरू कार्यक्षेत्र हुने जनाइएको छ ।

शनिबार, १० फागुन, २०७६, दिउँसोको ०१:१८ बजे

सम्बन्धित खवर