पार्टी निर्माणका चार चूनौती

नेत्र चापागाइ

भर्खरै मात्रै दिल्ली चुनावमा केजरीवालको आगमनले नेपालसम्म केही तरङ्ग पैदा गरेको छ। बैकल्पिक पाटी निर्माणमा लागेकालाई नयाँ उत्साह थपेको छ। तर, पार्टी निर्माण भनेको निकै चुनौतीपूर्ण कार्य हो। यो सजिलै बन्दैन। नयाँ पाटी निर्माण गर्दै गर्दा त्यसले आम नागरिकमा सोच्ने तरिकामा व्यापक परिवर्तन ल्याउन सक्नुपर्दछ, कार्य सम्पादनमा नयाँ तरिका र अभ्यास जनताले अनुभूति गर्ने गरी लागू गर्न सक्नुपर्दछ, साहित्य, संस्कृति पनि फेर्न सक्नुपर्दछ।
शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, वाणिज्य लगायत राज्यले लिने दीर्घकालीन नीति पनि स्पष्ट हुनुपर्दछ। देशका आन्तरिक विशेषता के हुन् रु पहिचान गर्न सक्नु पनि उत्तिकै महत्त्व हुन्छ। परराष्ट्र नीति के हुने, त्यसको मोडल के हो रु त्यो पनि स्पष्ट हुन सक्नुपर्छ। यी आधारभूत विषयमा कम्तिमा आफ्ना नेता कार्यकर्तालाई बुझाइमा एकरुपता, स्पष्ट पार्नु र हुनु पर्दछ। त्यसले मात्र बैकल्पिक पार्टी निर्माणको आधारशीला खडा गर्न सक्दछ।
नेपालमा पनि पछिल्लो दशकमा बैकल्पिक पाटी निर्माणका केही अभ्यास भएका छन्। नागरिकको आकर्षण पनि केही मात्रामा देखिन्छ। तर, यसले यस्तो भ्रष्ट सरकार हुँदा पनि किन निर्णायक धक्का दिनुपर्नेमा झन फुट बिभाजन, बैकल्पिक राजनीति छोडेर अन्य उहीँ पुराना पाटी फर्कने अवस्था किन आयो रु यसको सही समीक्षा गरी आगामी बाटो तय गर्दा बैकल्पिक राजनीतिलाई सही गन्तव्यमा पुर्‍याउन सकिन्छ।

(१) बुझाइमा एकरुपता स्– अन्य राजनीति जस्तै बैकल्पिक राजनीति पनि आफ्नो आफ्नो देशको काल परिस्थितिअनुसार कार्यक्रम तय गर्नुपर्ने हुन्छ। फ्रान्समा बैकल्पिक पार्टीको विजय त्यहाँको विशेषताका आधारमा भयो। पाकिस्तानमा इमरान खानको उदय हुन २२ वर्ष लाग्यो। दिल्लीमा आँपको उदय अन्ना हजारेको अनशन र सुशासनको नाराले बन्यो। तसर्थ, नेपालको बैकल्पिक राजनीति नेपालकै विशेषता र आवश्यकतामा आधारित हुन्छ र हुनुपर्दछ।
त्यसैले नेपालमा केवल एउटा समस्या समाधानको नाराले मात्रै हुँदैन। काठमाडौंको समस्या एउटा छ, कर्णालीको समस्या अरु धेरै थपिएको छ, मधेशको माग अर्कै छ। बाजुरा, अछाम को समस्या अर्कै छ। काठमाडौंलाई रोड फराकिलो, शुद्द खानेपानी आवश्यक छ। अछामलाई छाउपडी हटाउन परेको छ, हामीलाई जागिर चाहिएको छ दलितलाई छुवाछुत अन्त्य गर्नु परेको छ। लिम्बूले पहिचान खोजेको छ, नेवारलाई संस्कृति जोगाउन परेको छ। यस्ता अनेकन विशेषता बोकेको देश हो नेपाल।

सुशासन र समृद्धि त आम नेपालीलाई चाहिएको छ। त्यसमा इतिहासमा भएको जातीय, क्षेत्रीय, लिङ्गीय, वर्ण, वर्गको सहभागितामूलक लोकतन्त्रले कसरी सम्बोधन गर्छ त रु भन्ने कुरा पनि ख्याल राख्नु नेपालको मौलिक विशेषता हो। यहाँ बैकल्पिक राजनीति गर्नेको बुझाइमा एकरुपता भएको छैन। राज्यसत्तामा पहुँच, पहिचान, प्रतिनिधित्व, खोज्ने र सुशासन खोज्ने नयाँ पुस्ताको बुझाइमा एकरुपता ल्याउन बैकल्पिक राजनीतिले सक्दा रवि लामिछाने, गोविन्द केसी र थारु दलित मधेश आन्दोलन एकीकृत हुन्छ।

त्यो नै खासमा बैकल्पिक आन्दोलन हो। यो एउटै पाटीमा भएका नेताहरुमा पनि स्पष्ट बुझाइ बनिसकेको छैन। पहिलो काम आम पंक्तिलाई बुझाइमा एकरुपता ल्याउनु पर्छ, अन्यथा साझा, विवेकशील लगायत पाटीहरु जता माहोल, त्यतै हिड्ने, भौतारिने र संघीयता समावेशीता र धर्मनिरपेक्षताका विरुद्ध जाने उत्तिकै खतरा छ। त्यसैगरी पहिचानको आन्दोलनबाट आएका साथीहरु साम्प्रदायिकतामा जाने खतरा हुन सक्छ, त्यसले लामो समय वर्तमान सत्तासिन शक्तिलाई नै फाइदा पुग्छ।

(२) परिचालन – बुझाइको अपुगताले नेता कार्यकर्तामा आत्मबल कम्जोर बनाउँछ। त्यसले परिचालनमा समस्या आएको छ। राजनीति नागरिकको दैनिकीमा परिवर्तन ल्याउन गर्नेभन्दा, पद प्रतिष्ठा प्राप्त गर्न लाग्ने, त्याग समर्पणभन्दा पनि पदीय लोभमा लाग्ने, एजेण्डाको भन्दा पनि पदको धेरै माया, कार्यक्रममा खादा माला पहिरिने र मञ्चमा बस्न रुचाउने, जनतामा जानेभन्दा नेतासँग फोटो खिचेर प्रचारमा रमाउने समस्या बैकल्पिक शक्तिमा देखिन्छ। यसले संगठन परिचालनमा चुनौती थपिएको छ।

(३) नेता व्यवस्थापन – नयाँ शक्ति हुँदै समाजवादी हुँदासम्म धेरै नेताहरुले छोडेर गए। धेरैले भने, ‘सिद्धान्त त राम्रो हो। तर, केही कुरा मिलेन। अरु पनि होला। तर, एउटा मुख्य समस्या आ–आफ्नो स्तरअनुसारको पदीय इगो व्यवस्थापन हुन नसक्दाको परिणाम थियो। विवेकशील र साझा पाटीलाई नयाँ पुस्ताले छिट्टै विश्वास गर्दा गर्दै पनि कुनै बाहिर बहस छलफल एजेण्डा तर्क बितर्क बिना नै सिसाझैं भएको, फुट हेर्दा नि मुख्य त नेताहरुमा भएको इगो व्यवस्थापन नहुनु र अपरिपक्व नेतृत्व हुनु नै हो। बैकल्पिक राजनीतिको यो पनि समस्याको रुपमा आएको छ।

(४) कुशल व्यवस्थापन – आजको युग दर्शनभन्दा पनि व्यवस्थापनको युग हो। सही व्यवस्थापन नहुँदा सामान्य पसल पनि चल्दैन भने पाटी चल्न सक्ने सम्भावना नै हुँदैन। मिनु राम्रो भएर मात्रै पसल चल्दैन, त्यसमा डेलिभरी र खानेकुरा पनि उत्तिकै राम्रो र छिटो हुनुपर्छ। पाटी निर्माणमा पनि यो कुरा लागू हुन्छ। यहाँ आर्थिक स्रोत भएकासँग समय छैन, समय दिनसक्ने नेता कार्यकर्तासँग बलियो आर्थिक हैसियत छैन। पद लिएकासँग बुझाउने क्षमता कमजोर छ, क्षमता भएकासँग समय, आर्थिक स्रोत र उचित जिम्मेवारी छैन। जनतामा जानेलाई नेतृत्वले चिन्दैन, नेताले चिन्ने र फोटो खिच्ने जनतामा जाँदैन।

पाटी भनेको समाजको ऐना पनि हो। सबैको आ–आफ्नो महत्त्व उत्तिकै हुन्छ। अरुको अपमानमा आफ्नो सम्मान होइन, सबैको सम्मानमा आफ्नो पनि सम्मानको संस्कृति नै बैकल्पिक राजनीति हो। नेतृत्वमा भिजन र आँटको समायोजन, आ–आफ्नो प्रस्ताव सामूहिक निर्णय र कार्यान्वयन, सम्बन्धका आधामा समर्थन र विरोध होइन, एजेण्डाका आधारमा आफ्नो मत राख्ने कार्यकर्ताको निर्माण गर्नुपर्छ। राम्रो गर्नेलाई प्रोत्साहन, नगर्नेलाई गरे त हुँदोरहेछ भन्ने उत्प्रेरणा यस्ता समस्या हल गर्दै अगाडि जाने हो भने काङ्ग्रेस कम्युनिस्ट राप्रपाभन्दा बाहिर रहेको सुशासन समतामूलक समृद्धि चाहने विवेकशील, समाजवादी, राजपा र अन्य छरिएका शक्ति एक भएर मुलधारमा बैकल्पिक राजनीति शक्ति निर्माण हुन सक्ने छ। हाम्रो पुस्ताको निरन्तर प्रयत्न जरुरी छ।

शनिबार, १० फागुन, २०७६, दिउँसोको ०३:१९ बजे

सम्बन्धित खवर