महानगर भित्र ६ लेनको सडकको बिचमा फुलबारी हुने

दमक / बिराटनगर महानगरपालिका भित्र रहेको ६ लेनको सडक परियोजना अन्तर्गतको बिराटनगर भित्रको सडकको बिचमा हाल डिभाईडर नभएको स्थानमा डिभाईडर नराखेर फुलबारी बन्ने भएको छ । बिराटनगर महानगरका प्रमुख भिम पराजुलीले आफ्नो कार्यकालको सुरुवातवाट नै त्यस ठाउमा फुलवारी हुनु पर्ने सुझाव राखी पत्रचार गरेका गरेका थिए ।  डिभाईडरले सडक दुर्घटना हुने मात्र नभएर सडकको सौन्दर्यलाई समेत टेवा नपुर्याउने भएकाले बिराटनगरवासीको माग अनुसार प्रमुख पराजुलीको पहलमा शहर भित्रको सडकमा फुलवारी बन्न लागेको हो ।‍‍

बिराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, प्रमुख प्रसाशकिय अधिकृत एकदेव अधिकारी , सडकका डी।ई बिनोद शर्मा , वडा नं १५ का अध्यक्ष असलम आलम , १८ का का।अध्यक्ष राजदेव यादव, सचिवालय सदस्य सबिन दाहाल ,लगायत प्राविधिक टोलीले दक्षिण भेगमा रहेको साईफन तथा सडकको समस्या समाधनका लागि अनुगमन समेत गरेको थियो ।

शनिबार, १० फागुन, २०७६, दिउँसोको ०३:३२ बजे

सम्बन्धित खवर