दमक/ आगामी बैशाख १ अर्थात नयाँवर्षको पहिलो दिन दमकमा नेपत्थ्य सांगितिक कार्यक्रम हुने भएको छ । दमकस्थित धुव्रतारा स्पोटिङ क्लवले सांगितिक कार्यक्रम आयोजना गर्न लागेको मंगलवार दमकमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । क्लबका सचिव हिरामणी खड्काले दमकको सरस्वती मावि परिषरमा नेपत्थ्य सांगितिक कार्यक्रम हुने जानकारी दिए ।

कार्यक्रमा संस्थागत तयारीका विषयमा जानकारी दिँदै नेपाल टच अष्ट्रेलियाका कार्यकारी प्रमुख राजकुमार गोस्वामीले ५ हजार वढी दर्शक उपश्थित गराउने तयारी रहेको र प्रतिब्याक्ति १ हजारको टिकेट लाग्ने बताएका छन् । उनले भने – ‘ १ करोड संकलनको अपेक्षा गरेका छौं, कार्यक्रम सम्पन्न गरेर बचेको रकम क्लवको खातामा जम्मा गरेर उचित स्थानमा खर्च गर्ने योजना छ ।’

साँझ ७ वजेदेखि ९.३० वजेसम्म हुने लाइफ कन्सर्टको मुख्य प्रायोजक भने अष्ट्रेलियाकै किङस स्टन इन्ष्च्यिूट र सपोर्टमा जंगेकिल्ला इन्डफिल्डरर्स रहने छ । क्ल्वका अध्यक्ष मोहन मगरको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष भीमराज चौलागाईले १ हजारको टिकेट किनेर शुरुवात गर्दै विगतका कार्यक्रमहरुलाई मध्यनजर गर्दा माग अनुसार टिकेट नपुग्ने भएकाले बेलैमा आफ्नो टिकेट शुरक्षित गर्न आग्रह पनि गरेका छन् ।

नेपथ्य संगीत समुह अर्थात नेपथ्य ब्याण्ड नेपालको चर्चित ब्याण्ड हो । यसका प्रमुख गायक अमृत गुरूङ हुन् । पोखरेली ब्याण्ड नेपथ्यको स्थापना वि.सं. २०४८ सालमा भएको हो । नेपथ्यले अहिलेसम्म ९ वटा एल्बम प्रकाशित छन् । छेक्यो छेक्यो देउराली डाँडा देखि कर्नाली सम्मका चर्चित गीतहरू यो समुहले गाएको छ ।

Facebook Comments Box