राजनीतिक दलसँग थपिएका मतदाताको तथ्यांक नै छैन, थपिएका मतदाताले कसलाई देलान भोट ?

   दमक/  प्रदेश नं १ मा कूल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कूल १ सय ३७ प्रमुख १ सय ३७ उपप्रमुख र एक हजार १ सय ५७ वडाध्यक्ष तथा चार हजार ६ सय २८ वडा सदस्यहरु निर्वाचित हुने भएका छन् ।
आगामी स्थानीय तहको निर्वाचनमा प्रदेशभरिमा नयाँ मतदाता तीन लाख ५१ हजार ६ सय १० जनाले पहिलोपटक आफ्ना मताधिकार प्रयोग गर्ने भएका छन् । अघिल्लो निर्वाचनमा कूल २९ लाख ९३ हजार ७ सय ७४ जनाले आ–आफ्ना मताधिकार प्रयोग गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि बनेका नयाँ राजनीतिक संरचनामा स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन दोस्रो हो ।
प्रदेशमा १६ लाख ९९ हजार ८०० पुरुष, महिला १६ लाख ४५ हजार ५६१ र २३ अन्य गरी जम्मा ३३ लाख ४५ हजार ३८४ मतदाताले निर्वाचनमा आफ्ना मताधिकार प्रयोग गर्ने भएका छन् ।
प्रदेशमा एक हजार ८७७ मतदानस्थल र चार हजार ५१ केन्द्र छन् । प्रदेशमा रहेका १४ जिल्लामा १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्ने कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।
जिल्लाको मतदाता तालिका अनुसार ताप्लेजुङमा पुरुष ४७ हजार ५५ र महिला ४२ हजार २५ गरी ८९ हजार ६८० मतदाताले ७३ मतदानस्थल र १२२ मतदान केन्द्र, पाँचथरमा पुरुष ७३ हजार ५७८ र महिला ६६ हजार ६४८ गरी एक लाख ४० हजार २२४ मतदाता रहेका छन् । जिल्लामा १०१ मतदानस्थल र १७६ मतदान केन्द्र छन् ।
इलाममा पुरुष एक लाख ५५ हजार ५५४ र महिला एक लाख नौ हजार १९२, अन्य दुई गरी जम्मा दुई लाख २४ हजार ७४८ मतदाता, १५१ मतदानस्थल र २८५ मतदान केन्द्र छन् ।
झापामा पुरुष तीन लाख २१ हजार ५२०, महिला तीन लाख २४ हजार ७०५ र अन्य नौ गरी जम्मा छ लाख ४५ हजार २३४ मतदाता, २८६ मतदानस्थल र ७५५ मतदान केन्द्र छन् ।
यसैगरी संखुवासभामा पुरुष ६० हजार ६७८, महिला ५७ हजार ५३ गरी जम्मा एक लाख १७ हजार ७३१ मतदाताका लागि १०३ मतदानस्थल र १६२ मतदान केन्द्र निर्धारण गरिएको छ ।
तेह्रथुममा पुरुष ३६ हजार ९७३ महिला ३५ हजार ९२२ गरी जम्मा ७२ हजार ८९५ मतदाता, ५७ मतदानस्थल र ९५ मतदान केन्द छन् । भोजपुरमा पुरुष ६५ हजार २२१, महिला ७० हजार ७०४ र अन्य एक गरी जम्मा एक लाख २५ हजार ९२६ मतदाताका लागि ८७ मतदानस्थल १६० मतदान केन्द्र तोकिएको छ ।
यस्तै धनकुटामा पुरुष ५७ हजार ७१६, महिला ५८ हजार २४८ जना गरी जम्मा एक लाख १५ हजार ९६४ मतदाता, ११८ मतदानस्थल र १५९ मतदान केन्द्र कायम भएको बताइएको छ ।
मोरङमा पुरुष तीन लाख ६३ हजार ४४८, महिला तीन लाख ५१ हजार ७६९, अन्य छ गरी जम्मा सात लाख १५ हजार २२३ मतदाताका लागि जनाले तीन सय मतदानस्थल ३०० र केन्द्र ८२० कायम भएको छ ।
सुनसरीमा पुरुष दुई लाख ६९ हजार १४६, महिला दुई लाख ७५ हजार ७१७ र अन्य दुई गरी जम्मा पाँच लाख ३४ हजार ७६५ मतदाताका लागि १६६ मतदान स्थल र ५८१ केन्द्र निर्धारण भएको छ ।
सोलुखुम्बुमा पुरुष ४१ हजार २६०, महिला ३८ हजार ७५९ गरी जम्मा ८० हजार १९ जनाका लागि १२२ मतदानस्थल र १३४ केन्द्र व्यवस्था गरिएको छ । खोटाङमा पुरुष ७५ हजार छ र महिला ६८ हजार ७४६ गरी एक लाख ४३ हजार ७५२ जनाका लागि १३६ मतदानस्थल र १९४ केन्द्र तोकिएको छ ।
ओखलढुङ्गामा पुरुष ५९ हजार १६२, महिला ५७ हजार ९२२ र अन्य एक गरी एक लाख ७० हजार ८५ मतदाताका लागि ७९ मतदानस्थल र १५० केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
यसैगरी उदयपुरमा पुरुष एक लाख १२ हजार ८८५, महिला एक लाख १० हजार २५१ र अन्य दुई गरी दुई लाख २३ हजार ३८ जनाले ९८ मतदानस्थल र २५८ मतदान केन्द्र प्रयोग गर्ने भएका छन् ।

प्रदेशमामा सबैभन्दा ज्यादा मतदाता मोरङ जिल्लामा सात लाख १५ हजार २२३ रहेको छ भने सबैभन्दा कम तेह्रथुममा ७२ हजार ८९५ रहेको छ ।
एक मात्र महानगरपालिका रहेको प्रदेशको विराटनगर महानगरपालिकामा पुरुष ७० हजार ५२४, महिला ६२ हजार ७१८ गरी एक लाख लाख ३३ हजार १४२ मतदाताका लागि मतदानस्थल २९ र मतदान केन्द्र १४० छन् ।
मोरङ जिल्लामा एक लाख ४० हजार नयाँ मतदाता थपिएका छन् । जसमा पुरुष ७१ हजार ९५४, महिला ६८ हजार ७६४ र अन्य छ छन् भने विराटनगर महानगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा यस वर्ष पुरुष नौ हजार ९९८ र महिला नौ हजार ३९३ गरी १९ हजार ३९१ जना मतदाता थप भएका छन् ।

शुक्रबार, ०९ बैशाख, २०७९, बिहानको ०८:४८ बजे

सम्बन्धित खवर