फेसन सेन्टरद्वारा ५५ थान (पिपिइ) वितरण

दमक/ दमक ७ मा रहेको फेसन सेन्टरले दमकमा रहेका सुरक्षाकर्मीलाई करिब ५० हजार मूल्य बराबरको कोरोना संक्रमण बाट बच्न प्रयोग गरिने सुरक्षा सामाग्री (पिपिइ ) उपलब्ध गराएको छ । उक्त सामाग्री दमक उद्योग बाणीज्य संघको सम्योजनमा हिजो दमकमा रहेका बिभिन्न सुरक्षा निकाय लाई वितरण गरिएको छ ।

विश्वव्यापी महामारिको रुपमा रहेका कोरोनाको संक्रमणबाट बच्नको लागी कोरोना नियन्त्रणमा खटिएका सुरक्षा कर्मीलाई सुरक्षा कवज (पिपिइ) उपलब्ध गराएका छन् ।

दमक ७ मा रहेको फेसन सेन्टरका संचालक संजय रौनियारले ५० हजार मुल्य बराबरको (पिपिइ)दमक नगर प्रहरीलाई ५ थान, इलाका प्रहरी लाई १५ थान, इलाका प्रसासन लाई ५ थान, दमक ट्राफिक प्रहरीलाई १५ थान, शसस्त्र प्रहरी औधोगिक सुरक्षा गुल्म लखनपुरलाई १५ थान गरी जम्मा ५५ थान पिपिइ उपलब्ध गरएका हुन

सुरक्षा सामाग्री बिना सुरक्षाकर्मीहरु ड्युटीमा खटिएको देखेर आफ्नो तर्फबाट सानो सहयोग उपलब्ध गराएको संचालक रैनियारले बताए । ।फेसन सेन्टरले स्थानिय स्तरमा पिपिइ निर्माण गर्दै आएको छ ।

दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको नेतृत्वमा उक्त सामाग्री वितरण गरिएको जनाइएको छ ।

बुधबार, १० बैशाख, २०७७, दिउँसोको १२:४५ बजे

सम्बन्धित खवर