मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको कोरोनाबाट मृत्यु

मेचीनगर, ८ जेठ /  मेचीनगर–७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण ५१ वर्षीय वडाध्यक्ष मेचेको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा आज दिउसो १२ वजे मृत्यु भएको हो ।

उनको सोहि अस्पतालमा वैशाख २८ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

उपचारकै क्रममा उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । उनको एक हप्तादेखि आईसियु सहितको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।

उपचारकै क्रममा दिउसो १२ वजे मृत्यु भएको मेचीनगरपालिकाका कोभिड संयोजक नबिन बरालले बताए ।

शनिबार, ०८ जेठ, २०७८, दिउँसोको ०१:१७ बजे

सम्बन्धित खवर