राजनीतिक अर्थशास्त्र र आजको परिदृष्य

  मान्छे बस्तुको दास हैन बस्तु मानिसको जीवन सरल र शुखी वनाउने साधन बन्नु पर्छ । यो सबै कुरा वैज्ञानिक समाजवादमा मात्रै सम्भव छ । वैज्ञानिक समाजवादमा पुग्ने एउटै मात्र बाटो हो आजको समाजवादी यात्रा । यो सबै नेता, जनता र सरकारले राम्रोसँग बुझ्न जरुरी छ ।

जो कोही सरकारमा पुगे पनि समाजवादका अवयवहरु विकास गर्नेतर्फ अर्जुनदृष्टिका साथ अघि बढ्नुपर्छ । सोझासाझा जनतालाई हप्काएर, गालि गरेर, हुर्मत लिएर , स्थापित कानुन र विधिविधानको धज्जी उढाउन छोडौ । सकिँदैन भने सक्नेलाई सहयोग गरौ फेरि पनि बनिसकेको विधिविधान, नियम कानुन भत्काएर मुलुकलाई मुठभेड तर्फ नधकेलौ ।

राजा महाराजाहरु आफुलाई साक्षत विष्णु को अवतार भनी आफै प्रचार गर्थे । आफ्ना आसेपासेलाई प्रचार गर्न लगाउथे । कहिले दण्ड कहिले पुरस्कार जस्ता हतियारले सबैलाई चुपचाप उनको आदेस पालना गर्न बाध्य बनाउथे । त्यो बेलाको समयमा जो कोहि मान्छे राजा र धर्मगुरु बन्ने होडबाजी जस्तै चल्थ्यो ।

  ==================================

 राधिका ओझा

अर्थशास्त्रलाई राजनीति सँग जोडेर अध्यायन गर्ने शास्त्र राजनीतिक अर्थशास्त्र हो । अर्थात समाज विकासको विभिन्न चरणमा रहेको आर्थिक गतिविधि, उत्पादन सम्बन्ध र मानव जीवनमा यसको प्रभाव हेर्ने ,बुझ्ने र ब्याख्या गर्ने विज्ञानको नाम हो राजनितीक अर्थशास्त्र ।
महान दार्शनिक कार्ल माक्सले सर्वहारा वर्गको मुक्तिको खातिर प्रतिपादन गर्नुभएको माक्सबादी दर्शन अन्तर्गत ब्याख्या गरिएको अर्थशास्त्र माक्र्सवादी राजनीतिक अर्थशास्त्र हो । यसलाई अतिरिक्त मुल्यको सिद्धान्त को नामले विश्वभर चिनिन्छ । माक्सले आफ्नो ऐतिहासिक भौतिकवाद अन्तर्गत समाज विकासलाई छ चरणमा विभाजन गर्नुभएको छ । त्यही आधारमा राजनीतिक अर्थशास्त्रलाई छोटकरीमा ब्याख्या गर्ने प्रयतन हो यो ।
१, प्राचीन साम्यवाद
मानव जीवनको प्रारम्भिक चरण जसलाई कविला समाज पनि भनिन्छ । यो समयमा मानिस जंगलमा बस्ने ,जंगली जनावर मारेर खाने ,जंगली फलफुल खाने, रुखमा, ओडारमा बस्ने गर्थे । त्यो बेला मान्छेसँग निजी वस्तु वा निजी सम्पत्ति थिएन, राज्य थिएन, उनिहरु पूर्ण स्वतन्त्र रुपले फिरन्ते जीवन जिउथे, तर सुरक्षित,सरल, र सभ्य थिएन । जंगलमा यस्ता मानिसको धेरै झुन्डहरु वा गणहरु हुन्थे र तीनिहरुविच कहिलेकाही लडाइँ भईरहन्थ्यो । एउटा गणले अर्को गणलाई लडाइँमा जितेर ल्याउने, यातना दिने र मारेर खाने पनि चलन थियो ।
२, दासयुग
जब मानिस फिरन्ते वा जंगली युगबाट पशुपालन तर्फ आकर्सित भए , आगोको आविस्कार भयो र जनावरको मासु पोलेर खान सिके त्यसपछि समुहमा बस्ने, खेतीपाती गर्ने र पशुपालन गर्ने र स्थिर रुपमा एकै ठाउँमा बसेर जीवन विताउन थाले । कृषि औजार , बस्नेघर ,काठका, माटोका घरायसी सामाग्री हरु पनि आफै बनाउन सिके कृषि उत्पादन वस्तु विनिमय जस्ता आर्थिक कृयाकलापहरु पनि शुरु भयो ।
यसरी नै अन्य धेरै गणहरुले पनि भिन्न भिन्न ठाउमा आआफ्नो बस्ति बसाले र बस्न थाले । त्यो समयमा बलियो गणले कमजोरहरुको पशुहरु, अन्न उत्पादन लुट्ने, मान्छेलाई समातेर बन्दी बनाउने, यातना दिने र विस्तारै ती बन्दीहरुलाई खेतमा काम गर्न लगाउने, उनिहरुको किनबेच गेरर पैसा कमाउने, मालिकले उनिहरुको चरम शोषण दमन गर्न थाले । यसपछि समाजमा वर्गको उत्पत्ति शुरु भयो । एकथरि दास भए भने अर्को थरि मालिक बने । दासहरुलाई पशु सरहको व्यवहार गरिथ्यो , उनिहरुका साखा सन्तान सबै ती नै मालिकहरुको निजि वस्तुको रुपमा प्रयोग गर्थे , धेरै अमानवीय व्यवहार गरिन्थ्यो बिक्री गर्ने र पैसा कमाउने गरिथ्यो । मालिकको चाकडी गर्नुपर्ने, पाउमोल्नु ,टाउको निहुराएर , घुडा टेकेर ढोग गर्नुपर्ने मालिकलाई खुशि पारेर मात्र खान बस्न पाइने, मालिक खुशि हुनलाई आफु र परिवार सबै समर्पित हुनु पर्ने जस्ता चाकडी चाप्लुसि र जदौ सास्कृतिक प्रथा थियो , बालबालिका र महिलाको स्थिति अझ दयनीय थियो। ज्यादै अत्याचार बढ्न थाले पछि र दासहरुमा पनि चेतना आउन थाल्यो कि गर कि मर भन्ने अवस्था आए पछि भने दाशहरु पनि एकजुट भई मालिकको विरुद्ध लडाइ गरे, बिद्रोह गरेर र अन्ततः मुक्ति पाए । नेपालको सन्दर्भमा राणाकालीन समय । र त्यसको अवशेष को रुपमा कमलरी प्रथा, हलिया प्रथा लाईपनि मान्न सकिन्छ ।
३,सामान्ति युग
जब दासहरु मुक्त भए उनिहरुसँग सुरुमा जग्गा जमिन थिएन, बस्ने घर थिएन, एक किसिम उनिहरु स्वतन्त्र त भए तर घरवार विहिन पनि भए । फेरि ती नै जमिन्दारहरुको जग्गामा बसेर अधियाँ, बटिया गरेर खेती,किसान गर्न थाले । त्यहा पनि किसान र जमिन्दार दुई वर्ग बन्यो । जो किसान थिए उनिहरुसग जमिन थिएन भने जो जमिन्दार थिए उनिहरु सग अथाहा जमिन थियो । जमिनमा हदबन्दी थिएन । जमिन्दारले सबै अन्न लिएर जान्थ्यो ,किसानहरु भने भोकभोकै पर्थे । पछि यिनै सामन्तहरु राजा महाराजा भए । यिनिहरुले किसान सँग चर्को कर असुल गरि विलासी जीवन विताउन थाले, दैनिकजीवन गुजारा गर्न नसक्ने किसान शिक्षा र स्वास्थ्यमा पुर्णत बन्चित थिए । राजा महाराजाहरुले आफु अनुकुल धर्मको ब्याख्या गरे, गुरुपुरोहित पनि बक्सिस पाउन, कर्मचारिहरु पनि नियुक्ति सिफारिस पाउन, व्यापारी र पुजीपतिहरु कमिसन र अवैध लुट मच्चाउन र जमिन बक्सिस पाउन तिनै राजा महाराजाको जयजयकार गर्थे, गरिबलाई पाप र पुण्यको डर देखाएर, अघिल्लो जुनिको कर्म को फल , भाग्यको खेल भन्दै एकातर्फ लुट्ने र अर्कोतर्फ विद्रोह को ज्वालन शान्त पार्ने पनि काम गर्थे र उनिहरुलाई सधैंआफ्नो सेवक बन्न प्रेरित र बाध्य गराउथे । राजा महाराजाहरु आफुलाई साक्षत विष्णु को अवतार भनी आफै प्रचार गर्थे । आफ्ना आसेपासेलाई प्रचार गर्न लगाउथे । कहिले दण्ड कहिले पुरस्कार जस्ता हतियारले सबैलाई चुपचाप उनको आदेस पालना गर्न बाध्य बनाउथे । त्यो बेलाको समयमा जो कोहि मान्छे राजा र धर्मगुरु बन्ने होडबाजी जस्तै चल्थ्यो ।

विभिन्न जातपात र छुवाछुतको चलन चलाए र गरिबमाथि कानुन लाग्ने, जेलनेल भोग्नुपर्ने तर धनी र राजा महाराजाहरु कानुन भन्दा माथि हुने चलन चलाए । यिनले आफ्नो स्वर्ग टिकाइ राख्न सबै हतकण्डा अपनाएका थिए । उता किसानहरुको अवस्था भने झनझन दयनीय हुँदै गयो । धनी र गरिब विचको खाडल अत्यन्तै फराकिलो हुदै गयो । साना साना उद्योगी र पुजीपति वर्गको पनि उदय हुन थाल्यो । यता किसानहरुमाथि दोहोरो, तेहेरो शोषण हुदैजादा उनिहरु धर्यता गुमाउदै र विचलित हुदै गए भने सामनन्तले पुजी पति वर्गलाई पनि छोडेन । अन्तत केही नलागेर आफ्नो मुक्तिको लागि यिनै किसानहरु र पुजीपति हरु मिलेर सामान्ति मास्ने काममा संगठित भई विद्रोह गर्न बाध्य भए र जमिन माथि आफ्नो गुमेको स्वामित्व कब्जा गरे । राजा पनि पतन हुदै गयो ।
४, पुजीवादी युग
जब सामान्ति युगको अन्त्य ,उद्योग कलकारखानाहरु स्थापित हुदैगए , शहर बजारको विकास हुन थाल्यो, जनसंख्या बृद्वि उच्च हुनथाल्यो । गाउँका किसानहरु कामको खोजिमा शहरबजार पस्न थाले । उनिहरु उद्योगमा मजदुरको रुपमा काम गर्न थाले । तिनै पुजीपति वर्गले उद्योग विस्तारको क्रममा देशको स्रोत र साधनमाथि निजी स्वामित्व कायम गर्न थाले । हिजोका किसान फेरि मजदुरमा परिणाम भए । समाज पुन पुजीपति र मजदुर दुई वर्गमा विभाजित भयो । पुजीपति ले मजदुरको शोषण गर्न थाल्यो , ज्याला अत्यन्तै कम, कार्य घण्टा अत्याधिक बढी , काम गर्ने वातावरण अत्यन्तै पर्दुषित हुनथाल्यो।पुजीपति जसरि भए पनि अधिक नाफा कमाउने होडमा श्रमिकको शोषण गर्ने, राज्यको साधनस्रोत दोहन गर्ने , वस्तुको मूल्य बढाउने , गुणस्तर घटाउने, एकाधिकार कायम गरि उपभोक्ताको चरम शोषण गर्ने, चर्को विज्ञापन मार्फत ठगि गर्ने, जस्ता कारणहरुले मजदुरहरु रोग भोक र कुपोणका सिकार बन्नथाले । पुजिपतिहरु भनेर झनझन धनी र विलासी बन्न थाले , कर्मचारितन्त्र नोकरसाहि तन्त्रमा परिणत भयो , भ्रष्टाचार र माफियातन्त्र मौलाएर गयो ।दलालतन्त्र हावि भयो । जब बेलायतमा वाष्प इन्जिनको आविष्कर पछि भने स्वचालित यन्त्रको माध्यम बाट अधिक उत्पादन हुनथाल्यो । किसानका खेतहरु यिनै पुजीपति वर्गले उद्योग धन्धा सञ्चालनमा उपयोग गरे ।
मजदुरको ठाउँ मेशिनले लियो जसले बेरोजगारी समस्या उत्पन्न भई मजदुर अझ कम ज्यालामा बढि समय काम गर्न बाध्य भए। यस बाट मजदुरहरु माथि चरम शोषण दमन बढ्यो ।त्यो बेलाको उत्पादन सम्बन्धमा सामुहिक उत्पादन व्यक्तिगत स्वामित्व स्थापित थियो। मजदुरको हातमा मेशिन औजार थिएन त्यो सबै पुजीतति वर्ग सग थियो ।देशको शासनसत्ता यी नै पुजी पतिको हातमा थियो र यिनिहरु आफ्नो वर्गको हितहुने कानुन बनाउथे, ब्याख्या गर्थे र लागू गर्थे। शोषित पिडित मजदुरको भन्ने र सुनाउने ठाउँ नहुदा मजदुरहरु आफ्नो रिस तिनै मेशिन औजार लाई कुटेर पिटेर, टोकेर आफैलाई यातना दिएर रिस पोख्ने गर्थे। बिस्तारै ती मुलुकहरुमा अन्तर्राष्ट्रिय वित्तिय पुजिको प्रभाव तथा बहुराष्ट्रिय कम्पनी मार्फत एनजीओ, आइएनजीओ र विभिन्न सहयोगको नाममा र सम्झौता मार्फत अन्तर्राष्ट्रिय हस्तक्षेप बढ्दै गयो ।
आत्मानिर्भर र राष्ट्रिय स्वाभिमान कमजो बन्दै गयो जसले स्वाभिमानी जनतामा विद्रोहको ज्वाला दन्कियो भने पिडित मजदुरहरुमा मुक्तिको खातिर आगो सल्कियो अनि ती संगठित भई जुर्मुराएर उठे खासगरि युरोपेली औधोगिक मुलुकहरुमा यस्तो विद्रोह मार्फत जनवादी क्रान्ति सम्पन्न भई समाजवाद स्थापना भएको थियो । पेरिस कम्युन, रुसी अक्टोबर क्रान्ति ,चिनियाँ जनवादी क्रान्ति , फ्रान्सेली क्रान्ति…. आदि । त्यहि लहर विश्वभर फैलिएर त्यसताका विश्वका करिब दुई तिहाइ मुलुकहरुमा समाजवादी अर्थव्यवस्था स्थापना भयो । नेपालमा २०४६ साल यता दशबर्षे जनयुद्ध हुदै २०६२÷६३ सालको महान जनआन्दोलन सम्म आइ पुग्दाको अवस्था ।
५, समाजवादी युग
जब विश्व जगत समाजवादी युगमा प्रवेश गर्यो । धमाधम निजि उद्योगहरु विस्थापित र सरकारी उद्योग धन्धाहरु स्थापित हुन थाले, राज्यले योजना वद्द लगानी शुरुग्यो । सामुहिक उत्पादमा सामुहिक स्वामित्व कायम हुनेगरि उत्पादन र वितरण प्रणाली लागू गरियो, प्रसस्त रोजगारिका अवसरहरु खुले, गुणस्तरिय वस्तु सस्तो मुल्य हुदा निजि नाफाखोर ठग र दलालहरु विस्थापित हुदैगए, सहकारि संस्थाको व्यापक विकास गरियो ।आम जनता सहकारि मार्फत जोडिए, राष्ट्रिय अर्थतन्त्रको विकास शुरुभयो,मुलुक आत्मनिर्भर तर्फ अघि बढ्यो , शिक्षा र स्वास्थ पुर्ण रुपमा निशुल्क भए, विदेशी हस्तक्षेप बन्द भयो, सामाजिक न्यायक र समानतालाई विशेष प्राथमिकतामा राखियो , विश्ववन्धु भाइचारा ,मित्रराष्टहरु एकजुट भए , चारैतिर आशाका किरणहरु देखिन थाले । खासगरि उत्पिडित उपेक्षित ,गरिब,किसान , मजदुर बर्गले पनि जीवनको मूल्य बुझ्ने अवसर पाए।सिङ्गो मलुक र जनताले नै मुक्ति प्राप्त गरे राष्ट्र र राष्ट्रियताको भावना तथा जनताको आत्मासम्मान बढेर गयो । सरकार प्रति उच्च सम्मान र जनविश्वास बढेर गयो । त्यो बेला अधिकांश पुजीवादी भनेर चिनिएका राष्ट्रहरुले पनि अधिकतम सामाजिक न्यायका कार्यक्रमहरु लागू गरे अर्थात कल्याणकारी राज्यको अवधारणा शुरु भयो ।
अन्त्यमा
हुनत हिजोका कतिपय समाजवादी भनिएका मुलुकहरुले आज आएर सामाजिक न्याय सहितको पुजीवादी अर्थव्यवस्था लागू गरिसकेका छन् भने चीन जस्ता कतिपय मुलुकहरु समाजवादकै बाटोबाट आज विश्व अर्थतन्त्रको नेतृत्व गरिरहेको पनि छन । यसो हुनुमा तत्कालीन वस्तुस्थितिले पनि ठुलो अर्थ राखेको छ ।
भरखरै औपनिवेसिक बाट स्वतन्त्र भएका मुलुकहरु , गृहयुद्ध र विश्व युद्दको चपेटा, गतिशील अर्थव्यवस्था अवलम्बन गर्न नसक्नु , लोभिपापि , घमण्डि, प्रतिषोद्ध भावनाका शासक प्रतिकृयावादी दलाललहरुको चङ्गुल तोड्न नसक्नु ,विश्व साम्राज्यवाद सग लड्ने सहि रणनीति अवलम्बन गर्न नसक्नु, साधन र स्रोतहरुको सन्तुलित र समुचित सदुपयोग गर्न नसक्नु यस्ता धेरै छलफल र समिक्षाका विषय हुन सक्छन् । तथापि आज जो आफुलाई पुजीवादको हिमायती ठान्ने मुलुकहरु छन्, तिनिहरु बाहिरबाट हेर्दा जति राम्रा र बलिया देखिन्छन् , भित्रबाट अध्ययन गर्दा त्यस्तो अवस्था छैन । आज तिनिहरु निकै जटिल चुनौतिको सामना गरिरहेका छन् । अधिक र अनावश्यक उत्पादन, बजारको अभाव , आर्थिक मन्दि, मिसायलको व्यवस्थापन , प्राकृतिक साधनमाथिको अनियन्त्रित दोहन बाट सृजित समस्या , अशान्ति , युद्ध जस्ता समस्याले उनिहरु स्वयं र विश्व जगतलाई नै संकटपुर्ण घडीमा धकेलि रहेका छन् । विकास निर्माण भनेको भौतिक संरचना मात्र होईन । आज आएर विकासको अवधारणा बदलिएको छ ।अबको संसार उत्तर आधुनिकतावाद मा प्रवेश गरि सकेको छ । सत्य पनि ब्यक्ति अनुसार सापेक्षतामा लागुहुन्छ । विकासलाई खुशीसँग मापन गरिन्छ । ।
सत्य पनि ब्यक्ति अनुसार सापेक्षतामा लागु हुन्छ । विकासलाई खुशीसँग मापन गरपन्छ । त्यसैले ठुलोघर, नयाँ गाडि, महङ्गो मोवाइल भन्दा पनि ब्यक्तिलाई के चाहिएको छ, कसरी उसको जीवन सरल , शान्ति र खुसी बन्छ त्यो नै वास्तविक विकास हो ।
मान्छे बस्तुको दास हैन बस्तु मानिसको जीवन सरल र शुखी वनाउने साधन बन्नु पर्छ । यो सबै कुरा वैज्ञानिक समाजवादमा मात्रै सम्भव छ । वैज्ञानिक समाजवादमा पुग्ने एउटै मात्र बाटो हो आजको समाजवादी यात्रा । यो सबै नेता, जनता र सरकारले राम्रोसँग बुझ्न जरुरी छ ।
त्यसैले जो कोही सरकारमा पुगे पनि समाजवादका अवयवहरु विकास गर्नेतर्फ अर्जुनदृष्टिका साथ अघि बढ्नुपर्छ । सोझासाझा जनतालाई हप्काएर, गालि गरेर, हुर्मत लिएर , स्थापित कानुन र विधिविधानको धज्जी उढाउन छोडौ । सकिँदैन भने सक्नेलाई सहयोग गरौ फेरि पनि बनिसकेको विधिविधान, नियमकानुन भत्काएर मुमुकलाई मुठभेड तर्फ नधकेलौ ।

धेरै मुलुकहरुका क्रान्तिका र शान्तिका इतिहास बुझ्ने मौका पाईसकेका र आफ्नै मुलुकको पनि लामो आर्थिक राजनीतिक इतिहास बुझ्न, देख्न र प्रयोग गर्ने अवसर पाइसकेका हामीले कसैलाई झुक्याएर, देखाइदिन्छु भनेर आडम्वरी र द्वेषको भावना राखेर मुलुक बन्दैन, मुलुक दलदलमा फसिरहे नत देश र जनताले मुक्ति पाउँछन् नत इतिहासको कालकोठरि ले नै तपाईं लाई छुट दिन्छ । अतएवं आजैबाट गलत बाटो छोडौ र सहिबाटो रोजौं । सुनौलो इतिहासको रचना गरौं । केही बिग्रिए पनि सुधार्ने समय अझै केही बाँकी छ ।

 

शनिबार, ०८ जेठ, २०७८, साँझको ०५:१५ बजे

सम्बन्धित खवर