बालेनको अग्रता १७ हजार नाघ्यो, एमालेका केशव स्थापित तेस्रो

काठमाडौं / काठमाडौं महानगरपालिकामा मेयरमा दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितलाई कांग्रेसकी सिर्जना सिंहले पछि पारेकी छन्।

पछिल्लो मत परिणाम अनुसार स्थापितभन्दा सिंह २०४ मतले अगाडि छिन्। सिंहले २० हजार ५२० र स्थापितले २० हजार ३१६ मत पाएका छन्।

अग्रस्थानमा रहेका स्वतन्त्र उमेदवार बालेन्द्र शाहले ३७ हजार ६१ मत ल्याएका छन। उप मेयरमा एमाले उम्मेदवार सुनिता डंगोल अग्रस्थानमा छन्।

आइतबार, ०८ जेठ, २०७९, बिहानको ०६:३९ बजे

सम्बन्धित खवर