उपमेयरमा पराजित केशव विष्टका छोरासहित तीनजनाविरुद्ध ज्यान मार्ने उद्योगमा प्रहरीमा जाहेरी

     एमाले निर्वाचन परिचालन कमिटी सह–संयोजक हिमाल सुवेदी उनको गालामा चोट लागेको छ

सुनसरी  /  इटहरीमा आइतबार विहान कुटिएका नेकपा एमाले निर्वाचन परिचालन कमिटी सह–संयोजक हिमाल सुवेदीले ज्यान मार्ने उद्योगमा प्रहरीमा जाहेरी परेको छ।

इलाका प्रहरी कार्यालय इटहरीमा सुवेदीले आइतबार जाहेरी दर्ता गरेका हुन्। इटहरीमा उपमेयर पराजित केशव कुमार विष्टका छोरा कैलाश विष्टसहित ३ जनाले आइतबार बिहान आफूलाई कुटपिट गरेको भन्दै सुवेदीले प्रहरीमा जाहेरी दिएका हुन्। उनलाई विष्टले सामाजिक सञ्जाल फेसबुकमा आफूमाथि आक्रमण गर्ने धम्की दिएको पनि सुवेदीले जाहेरीमा उल्लेख गरेका छन्।
इटहरीमा उपमेयर पराजित केशव कुमार विष्टका छोरा कैलाश विष्टका छोरासहित ३ जनाले आइतवार बिहान आफूलाई कुटपिट गरेका सुवेदीले बताएका छन्।
आइतवार बिहान मतगणना सम्पन्न गरेर इटहरी उपमहानगरपालिकाको कार्यालयबाट निस्किएपछि वडा नंबर ६ मा कुटपिट भएको उनले बताएका छन्। उनको गालामा चोट लागेको छ। घटनाको विरोधमा एमालेले पुर्व–पश्चिमा राजमार्ग बन्द गरेर विरोध प्रदर्शन गरेको छ।

आइतबार, ०८ जेठ, २०७९, दिउँसोको ०१:४९ बजे

सम्बन्धित खवर