लिङ्देनले उखेलेर फ्याकेको कमलको फूल एमालेले खोदलेको हिलोमा भासिएपछि…

    झापा /  हिन्दुबादको नारा लिएर बुरुक बुरुक उफ्रिएको कमल थापाको ग्रुप राप्रपाबाट उछिट्टिएर एमालेले खोदलेको दब्दबामा उठ्न नसक्ने गरि भासिएको छ ।

नयाँ पार्टीका रुपमा स्थानीय तह निर्वाचनमा सहभागी भएको राप्रपा नेपालको अवस्था भने निराशाजनक छ । राप्रपाबाट अलग भएर कमल थापाको नेतृत्वमा गठित सो पार्टीले प्रदेश १ बाट धरान उपमहानगरपालिका प्रमुखसहित विभिन्न पालिकाका विभिन्न पदमा ७ उम्मेदवार खडा गरेको थियो । तर कुनै पनि पालिकामा प्रतिस्पर्धामा समेत आउन सकेन ।

यस्तै, मधेस प्रदेशका विभिन्न पालिकाका विभिन्न पदमा गरी राप्रपा नेपालले ६३ उम्मेदवार खडा गरेको थियो । यसैगरी बागमती प्रदेशका विभिन्न पालिकाका विभिन्न पदमा ४३, गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ९५, कर्णालीमा २८ र सुदूरपश्चिममा ९ उम्मेदवार खडा गरेको थियो । यीमध्ये कुनै पनि उम्मेदवार निर्वाचित हुन सकेनन् ।

आइतबार, ०८ जेठ, २०७९, दिउँसोको ०२:२६ बजे

सम्बन्धित खवर