कमलको प्रमुखमा हुकुमसिंह राई र उपप्रमुखमा प्रमिला तिवारी विजयी

कमल / झापाको कमल गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका हुकुमसिंह राई प्रमुखमा विजयी भएका छन् । अध्यक्षमा १२ हजार ८ सय ६८ मत ल्याएर गठबन्धन तर्फ कांग्रेस नेता हुकुमसिंह राई निर्वाचित भएका छन । उनले एमालेका भिम राईलाई ३ हजार २ सय १५ मतको भारी मतान्तरसहित पछि पारेर जित हासिल गरेका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी एमालेका भीम राईले ९ हजार ६५३ मत प्राप्त गरे । उनी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा १ नम्बर प्रदेश समिति सदस्य हुन ।

निर्वाचित राईले  गत २०७४ को स्थानीय तह निर्वाचनमा ८ हजार २७५ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी एमालेकी मेनुका काफ्लेले पनि त्यति नै मत ल्याएकी थिइन् । बराबरी मत भएपछि निर्वाचन आयोगले गोला गर्ने निधो गर्यो ।  गोलामा राई पराजित भए । उनी निरास भएनन् । यो पाँच वर्षमा जनताका समस्यासँग नजिक भए ।  उपाध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका पर्शुराम सुवेदीलाई एमालेकी प्रमिला न्यौपानेले पराजित गरिन् । न्यौपानलेले १० हजार ८४५ मत ल्याउँदा सुवेदीले ८ हजार ३७१ मत मात्र पाए ।

वडामा भने मिश्रित परिणाम आएको छ । सातवटा वडा रहेको कमल गाउँपालिकामा चारवटा वडा एमालेले जितेको छ । अन्य तीनवटा वडा गठबन्धनले जितेको छ ।

आइतबार, ०८ जेठ, २०७९, रातीको १०:२४ बजे

सम्बन्धित खवर