झापा आन्दोलनका नेता मगरको निधन

८ असार,झापा /   झापा आन्दोलनको प्रारम्भिक चरण २०२८ सालतिर देखि नै राजनीतिमा लागेर २०३३ सालको जेल विद्रोहका नेता जीवन मगरको निधन भएको छ। त्यसबेला अहिलेका प्रधानमन्त्री केपी ओलीसँगसँगै मगर राजनीतिमा सक्रिय रहेका थिए।

लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत जीवन मगर (जैतुन रिखाम) ६३ वर्षका थिए। पारिवारिक स्रोतले जनाए अनुसार गत बिहीबार घरको शौचालयमा लडेर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो। चिकित्सकका अनुसार उनको मस्तिष्कमा गम्भीर चोट लागेको थियो।

झापा, गरामनीका उनी झापा आन्दोलनका क्रममा २०२९ सालमा पक्राउ परेका थिए। त्यति बेला १६ वर्षभन्दा कम उमेरका भएकाले १० वर्षको जेल सजाय तोकिएको थियो। नक्खु जेलबाट सुरुङ खनेर सीपी मैनालीसहित निस्कने १५ जनामा उनी पनि थिए।

बहुदल आएपछि उनी पत्रकारितामा लागेका थिए। कान्तिपुर प्रकाशन सुरु भएसँगै उहाँ आबद्ध भएर लामो समयसम्म कान्तिपुरको फिचर र विचार, लेखको सम्पादनमा संलग्न थिए।  मगरका श्रीमती र दुई छोरी छन्।

मङ्गलबार, ०८ असार, २०७८, बिहानको ०८:४७ बजे

सम्बन्धित खवर