ढ्याङ्ग्रे र लफादीमा पुल बनेपछि बर्षाैंकाे सास्तीबाट स्थानीयलाई मुक्ति

बैकल्पिक खवर

झापाको कमल गाउँपालिकामा २ वटा पुलको निर्माण सम्पन्न भएसंगै स्थानीयवासी बर्शौदेखीको सास्तीबाट मुक्त भएका छन । कलम १ को लाफादी खोलामा झुलुङे पुल र २ नम्बर वडाको ढ्याङ्रे खोलामा पक्की पुल निर्माण भएपछि कमल १ र २ का जनता बर्सेनिको सास्तीबाट मुक्त भएका हुन ।                                                               

कमल गाउँपालिका वडा नम्वर १ स्थित लाफादी खोलामा हालै झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएको छ । वडा नम्वर १ स्थित सरङ्गपाडा बजार र लाफादी गाउँको बिचमा पर्ने लाफादी खोलामा सो झोलुङ्गे पुल निर्माणको कार्य सम्पन्न भएको हो । पुल नभएका कारण समस्या भोग्दै आएका यहाँका स्थानिय लाई पुल निर्माण भएपछि वर्षाका समयमा आवतजावत गर्न सहज भएको छ ।पुल नभएका कारण याहाका स्थानिय वासी वर्षाका समयमा खोला तर्न ३ किलोमिटर उत्तर ढ्याङ्ग्रे बजार र ६ किलोमिटर दक्षिण बैगुनधुरा बजार पुग्नु पर्ने हुन्थ्यो । यो पुल बनेसंगै यहाँका जनता यो समस्या बाट मुक्त भएका छन । पुल बन्नु अघि स्थानीयवासी बजार गरेर घर फर्किनलाई ३ किलोमिटर उत्तर ढ्याङ्ग्रे बजार र ६ किलोमिटर दक्षिण बैगुनधुरा सम्म घुम्नुपर्ने हुन्थ्यो । पुल निर्माण भए सगै त्यो सबै समस्या हटेको ढ्याङ्ग्रेखोला झोलुङ्गे पुल निर्माण समितीका अध्यक्ष पुन्य रायाले बताए ।

पुल नभएका कारण याहाँका जनतालाई धेरै समस्या थियो । बर्खाको समयमा सामान्य समान खरीद गर्न देखी विरामी भएको बेला औषधी किन्नकालागी समेत घन्टौ लगाएर बजार आउनु पर्ने बाध्यता थियो अब पुल निर्माण भए पछि त्यो सबै समस्या हटेको वडा अध्यक्ष केदार कटुवाल बताउछन।                                                                               

त्यस्तै वडा नम्बर २ स्थित ढ्याङग्रे खोलामा पक्कि पुल निर्माणको काम सम्पन्न भए सगै वर्षैभरी यातायात सञ्चालनमा सहजता हुने भएको छ ।गाउँपालिकाको क्याम्पा र समायगढ बजारको बिचमा पर्ने ढ्याङग्रे खोलामा पुल नभएका कारण वर्षायाममा क्याम्पा र समायगढ बजार बिच आवतजावत बन्द हुने गर्दथ्यो । पुल निर्माण भएसंगै वर्षैभरी आवतजावतमा सहज हुनेभएको छ । करिब ३५ लाख ४३ हजार ६२७ रुपैयाको लागतमा निर्माण सम्पन्न भइ पुल सन्चालनमा आएपछि कमल गाउँपालिको केर्खा, क्याम्पा ,समयगड , बाँसवारी हुँदै गौरादह सम्म पुग्नकालागी सहज भएको अध्यक्ष तारा नाथ न्यौपाने बताउछन ।
पुल नभएका कारण यहाँ जनतालाई धेरै समस्या थियो । बर्खाको समयमा सामान्य समान खरीद गर्न देखी विरामी भएको बेला औषधी किन्नकालागी समेत धेरै घुमेरमात्र बजार आउनु पर्ने बाध्यता थियो अब पुल निर्माण भए पछि त्यो सबै समस्या हटेको स्थानिय वासी महेन्द्र पौडेल बताए ।

मङ्गलबार, ०८ असार, २०७८, दिउँसोको १२:५८ बजे

सम्बन्धित खवर