जनता स्कुल इटहरी- तीन वर्षमा तीन गुणा प्रगती

इटहरी /   इटहरीको पुरानो विद्यालयमध्ये पर्ने जनता स्कुलले तीन वर्षको अवधिमा काँचुली फेरेको छ ।

पुरानो र भुकम्पले भत्किएको भौतिक पूर्वाधार, खस्कँदो शैक्षिक गुणस्तरका कारण विद्यार्थीको संख्या घट्दै गएको समयमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेका थिए काशीनाथ दंगाल ।

तीन वर्षअघि ७७४ जना विद्यार्थीले पढ्दै आएकोमा अहिले २ हजार ५ सय बढी विद्यार्थी अध्ययनरत छन् । उनले नेतृत्व सम्हालेको तीन वर्षमा विद्यालयमा विद्यार्थीको आकर्षण कुनै निजी विद्यालयको भन्दा कम छैन । तर उनले भने सामाजिक सञ्जालमा माफि मागेका छन् ।

आफ्नो अथक प्रयासका बावजुद पनि केही कामहरु गर्न नसकेको भन्दै माफी मागेका हुन् । उनले पर्याप्त कक्षाकोठा व्यवस्थापन गर्न नसक्दा हजारौं विद्यार्थीहरुलाई भर्ना लिन नसकेको, थप यातायातको सुविधा दिन नसकिएको, पर्याप्त शौचालय व्यवस्था गर्न नसकिएको र कोभिडका कारण अभिभावक अन्तक्र्रिया हुन नसकेको भन्दै माफी मागेका छन् ।

विद्यालयले कक्षा १० सम्मै नेपाली तथा अंग्रेजी दुवै माध्यमबाट पनि अध्ययन अध्यापन गराइरहेको छ । दक्ष र अनुभवी शिक्षकलाई नियुक्त गरेको छ । भवन निर्माणसमेत जारी छ ।

यस्तै कक्षा कोठाको सुविधा र पूर्वाधार पनि निजी विद्यालयभन्दा कम छैन । सुविधासम्पन्न विज्ञान तथा कम्प्युटर ल्याबको व्यवस्था गरिएको छ । तर यो भौतिक पूर्वाधार र व्यवस्थापनले नथेग्ने गरी विद्यालयप्रति आकर्षण बढेको छ ।

विद्यालयको व्यवस्थापन सुधारसँगै भर्ना हुन चाहने विद्यार्थीको संख्या निकै बढी छ । वर्षेनी विद्यालयले खोल्ने भर्नामा सिटभन्दा ५ गुणा बढी आवेदन पर्ने गरेको छ । यस्तो अवस्थामा सबैलाई पढाउने व्यवस्था गर्न नसकेको उनले माफी मागेका हुन् ।

उनले आफूले व्यवस्थापन सम्हालेको तीन वर्ष पुगेको र यसबिचमा तागतले भ्याएसम्म विद्यालयको हितमा विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि इमान्दारितापूर्वक लागेको उल्लेख गरेका छन् । दीर्घकालिन योजनाहरु बन्न सफल भए र कार्यान्वयनको चरणमा रहेको उनले लेखेका छन् ।

यस्ता छन् जनता स्कुलका आकर्षणहरु –

विद्यालयलाई नेपालकै नमुना विद्यालयको रुपमा उभ्याउनको लागि व्यवस्थापन समिति कम्मर कसेर लागिपरेको छ । विद्यालयको विकासमा यहाँका सबै राजनीतिक दलहरु र व्यवस्थापन समिति तथा शिक्षक तथा अविभावकहरु प्रतिबद्ध भएर लागेका छन् ।

अहिले विद्यालयमा विद्यार्थीको चाप बढेर २ हजार ३ सय ९५ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । आफुलाई आधुनिक शिक्षा प्रणालीअन्तर्गत डोहोर्याईरहेको विद्यालयले तीन वर्षकै अवधिमा ४८ कोठा थपेको छ ।

नयाँ शैक्षिक सत्रका लागि समेत जनता माध्यमिक विद्यालयले खोलेको भर्नामा कक्षा ४ देखि कक्षा ९ सम्म भर्ना हुन ७ सय जना विद्यार्थीले आवेदन दिएका छन । तर भौतिक पूर्वाधार र जनशक्तिका हिसाबले कक्षा ४ मा ४० जना र कक्षा ५ देखि कक्षा ९ सम्म प्रत्येक कक्षामा ५ जनाका दरले जम्मा ७५ जना नयाँ विद्यार्थीलाई मात्र भर्ना लिन सकिने विद्यालयले जानकारी दिएको छ ।

विद्यालयले ५० थान कम्प्युटर र १० थान ल्यापटपको मद्धतले विद्यार्थीहरुलाई कम्प्युटर शिक्षा दिइरहेको छ । साथै इन्टरेक्टीभ बोर्ड, प्रोजेक्टरलगायतको मद्धतले वैज्ञानिक शिक्षामा जोड दिइरहेको छ । पाठ्यक्रमका अतिरिक्त विद्यार्थीको समग्र सर्वाङ्गिण विकासलाई प्राथमिकता दिएको छ । योग, नृत्य, मार्सल आर्ट जस्ता खेलकुद, विज्ञान प्रदर्शनी, सांस्कृतिक कार्यक्रम लगायत अतिरिक्त क्रियाकलापहरुलाई समेत जोड दिइएको छ ।

विद्यालयले कोरोना कहरमा पनि प्रविधिको सहायतामा वैकल्पिक माध्यमबाट सिकाईलाई सहजीकरण गरीरहेको छ । न्युतम शुल्कमा उच्च गुणस्तरीय शिक्षा दिइरहेको विद्यालयले जनाएको छ ।

विद्यालयमा कक्षा ११ र १२ मा पनि दुवै माध्यमबाट स्तरीय अध्ययन अध्यापन भइरहेको छ । एसईई परीक्षामा उत्कृष्ट नतिजा हाँसिल गरेका अन्य विद्यालयका विद्यार्थीहरुसमेत जनता स्कुलमा अध्ययनका लागि भर्ना हुन आइरहेको विद्यालयले जनाएको छ ।

विद्यालयले अर्को शैक्षिक सत्रमा कक्षा ११ देखि विज्ञान संकाय र प्राविधिक धार तर्फ सिभिल ईञ्जिनियरिङ्गको कक्षा सञ्चालन गर्ने योजना बनाइको छ ।

यस्ता छन् तीन वर्षका उपलब्धी–

-विद्यार्थी संख्या पहिले ७७४ अहिले २३९५

-२४ वटा कक्षा कोठा थप निर्माण

-स्कुल वस १ थान

-५० थान कम्प्युर थान थप ल्यापटप १० थान

-इन्टरेक्टीभ वोर्ड ७ थान

-प्रोजेक्टर १० थान

-आई र्यास ७ थान

-बाईलोजी ल्याब निर्माण सम्पन्न, भौतिक र रासाइनिक प्रयोगशालका सामाग्री प्राप्त भएका र निर्माणको क्रममा रहेको ।

-अंग्रेजि माध्यम कक्षा नर्सरी देखि ११ सम्म सञ्चालन ।

-शिक्षक कर्मचारी संख्या पहिले ३८ अहिले जम्मा ८५ जना

-राष्ट्र पति रनिङ्ग सिल्डमा नगर प्रथम ।

-लकडाउनको अवधिभरमा पनि वैकल्पिक माध्यममा सिकाई सहजिकरणलाई निरन्तरता ।

मङ्गलबार, ०८ असार, २०७८, दिउँसोको ०१:१९ बजे

सम्बन्धित खवर