हेलिकप्टरमा उड्दा उड्दै मन्त्रीपद खुस्किएपछि

बैकल्पिक खवर

उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतो र स्वास्थमन्त्री सेर बहादुर तामाङको हेलिकप्टरमा उड्दा उड्दै मन्त्रीपद खुस्किएको छ । अधिबक्ता दिनेश तृपाठीले दायर गरेको मन्त्रीपरिशद बिस्तार बिरुद्धको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले महतो र तामाङ सहित २० जना मन्त्रीलाई पदमुक्त गरेको हो । सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी गर्दै प्रतिनिधिसभा विघटन पछि नियुक्त गरिएका मन्त्रीहरूलाई काम नगर्न / नगराइन भनेको छ ।
अदालतले यो अन्तरिम आदेश जारी गर्दैगर्दा राजेन्द्र महतो र सेर बहादुर तामाङ सिन्धुपाल्चोकको निरीक्षण गर्न हेलिकप्टरमा उडिरहेका थिए । महतो उपप्रधानमन्त्री र तामाङ स्वास्थमन्त्रीको हैसियतमा मेलाम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढी र त्यसले पुर्याएको क्षती निरीक्षण गर्न जादैथिए । तर सर्वोच्च अदालतले सवार हेलिकप्टरबाट भुइँमा ओर्लनु पहिले नै मन्त्रीपद बाट मुक्त गरिदिएको थियो । श्रोतका अनुसार मन्त्रीद्वय हेलिकप्टर बाट ओर्लिएपछि केही बेर के गर्ने के नगर्ने भन्ने दोधारमा परेका थिए ।

मन्त्रीद्वय हेलिकप्टरबाट ओर्लनु अघि नै सामाजिक संजालमा सर्वोच्चको अन्तरिम आदेश भाइरल भैसकेको थियो । “वहाँहरु लाई देखेपछि त्यहाँ भेला भएका  सर्वसाधारण हरु मुखामुख गर्न थालेका थिए ” एक जना स्थानीयले बताए । महतो र तामाङ अदालतले पदमुक्त गरेको थाहापाए पछि स्थानीय संग सामान्य कुराकानी गरेर मेलम्ची खानेपानी आयोजनाको ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, हेलम्बु गाँउपालिका लगायतका ठाउँमा अनुगमन गरेर फर्किए ।

मङ्गलबार, ०८ असार, २०७८, साँझको ०७:०२ बजे

सम्बन्धित खवर