दमक / दमकमा यहि असार ९ गते आयोजना हुन लागेको रोजगार मेलाको तयारी पूरा भएको छ ।रोजगारको अवसर र पहिचानका निम्ति सर्वसाधारणलाई सचेतना दिने उद्देश्यले आयोजना हुन लागेको एक दिने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक दमक उद्योग वाणिज्य संघले जनाएको छ ।
दमक नगरपालिकाको सहयोग तथा संघ अन्तर्गतको प्रर्दशनी तथा महोत्सव व्यवस्थापन उपसमितिले मंगलवार पत्रकार सम्मेलन गरि रोजगार मेलाको त्यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै रोजगार मेला मूल आयोजक समितिका संयोजक भरत चम्लागाईले दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा हुने एक दिने मेलामा रोजगार दाता तथा विभिन्न उद्योग ,प्रतिष्ठानका उद्यमीहरुको सहभागिता रहने जानकारी दिए । उनका अनुसार रोजगार मेलामा विभिन्न रोजगारीको सन्दर्भमा अन्तरकृया समेत गरिने छ ।
दमकमा यस किसिमको रोजगार सम्बन्धी मेला पहिलोपटक आयोजना हुदैं छ । यसैवीच, रोजगार मेला सफलतापूर्वक सम्पन्न गर्न सघाउँ पुरयाउँन संघले एक दर्जन विभिन्न आवश्यक उपसमितिहरु गठन गरिएको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष गोकुल श्रेष्ठ लगायतले मेलाका बारे जानकारी दिएका थिए । रोजगार मेला भव्यताका रुपमा सम्पन्न गर्न चम्लागाईको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय उपसमिति गठन गरिएको छ भने मिन मगरको संयोजकत्वमा साउण्डसेट तथा स्टेज व्यवस्थापन उपसमिति, रमा लिम्बूको संयोजकत्वमा उद्घाटन तथा समापन समारोह व्यवस्थापन , गोपाल गुरागाईको संयोजकत्वमा अतिथि सत्कार, मोहन ढकालको संयोजकत्वमा खाजा व्यवस्थापन, प्रकाश अधिकारीको संयोजकत्वमा अन्तरक्रिया ,जीवन चुडाँलको संयोजकत्वमा सञ्चार व्यस्थापन र नगरपालिकाका नगर प्रमुखको संरक्षकत्वमा अनुगमन तथा निर्देशन उपसमिति समेत गठन गरिएको जनाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बर अप कमर्शका उपाध्यक्ष चण्डिराज ढकालको प्रमुख आतिथ्यतामा हुने रोजगार मेलामा उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल लगायतका उद्योग,व्यवसायीका नेताहरु ,विभिन्न रोजगारदाताका प्रतिनिधिहरुको उपस्थिति रहने जनाइएको छ ।

पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, प्रथम उपाध्यक्ष राजु खड्का, तृतीय उपाध्यक्ष रमा लिम्बू, सदस्यहरु चन्द्र खत्री ,लक्की सिटौला, रुवल अधिकारी,दिनेशप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box