प्रदेश १ का १३७ पालिकामध्ये २० पालिकासँग मात्र छ दमकल

दमक, असार ८ / जनताका आधारभूत समस्यालाई समाधान गर्ने प्रतिवद्दतासहित निर्वाचित भएका जनप्रतिनिधिहरु नै जनताको सरोकारका विषयमा उदासिन देखिएका छन् । गाउँमा आगलागी हुँदा दमकल नपाउनु विरामी हुँदा अस्पतालसम्म पुग्न एम्बुलेन्स नपाउने पालिकाहरु धेरै छन् । प्रदेश नम्वर १ का धेरैजसो पालिकामा दमकल नै छैनन् । दमकल र एम्बुलेन्स समेत नहुँदा स्थानीयले सास्ती पाउँदै आएका छन् ।

प्रदेश नं १ का १३७ पालिकामध्ये २० पालिकासँग मात्र दमकल छ । मोरङका सात र झापाका ६ पालिकामा मात्र दमकलको सुविधा छ । मोरङको विराटनगर महानगरपालिका, सुन्दरहरैचा, बेलबारी, उर्लाबारी, लेटाङ, रङ्गेली नगरपालिका र कानेपोखरी गाउँपालिका, झापाको मेचीनगर, भद्रपुर, बिर्तामोड, अर्जुनधारा, गौरादह र दमक नगरपालिका तथा कमल गाउँपालिकासँग दमकल छ ।

बुधबार, ०८ असार, २०७९, बिहानको ०७:४२ बजे

सम्बन्धित खवर