जिल्ला समन्वय समिति झापामा नेकपा (एमाले)का उम्मेदवार निर्विरोध

दमक/ जिल्ला समन्वय समिति झापामा नेकपा (एमाले)का उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले भने निर्विरोध निर्वाचित भएको आधिकारिक घोषणा गर्न चाहिँ बाँकी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलवार जिसस प्रमुख, उपप्रमुख र सात सदस्य पदका लागि मनोनयन दर्ता थियो ।

एमालेका उम्मेदवारले मात्र मनोनयन दर्तामा गराएका छन् । जिल्लामा एमाले जनप्रतिनिधिहरूको एकल बहुमत रहेकोले अन्य दलबाट कुनै पनि पदमा उम्मेदवारी दर्ता भएन । एमालेले जिसस प्रमुखमा विश्व बराल र उपप्रमुख शान्ता रोक्कालाई उम्मेदवार बनेका थिए । त्यस्तै सदस्यहरू देवका बस्याल , तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोष सोरेन, जलाल अलि, कपिल काफ्ले, रिता नेपाली रहेका छन् ।
अन्य दलबाट मनोनयन दर्ता नभएपछि एमालेका उम्मेदवार स्वतः निर्विरोध निर्वाचित भएका हुन् । जिससमा निर्वाचित भएका पदाधिकारीको आधिकारी घोषणा असार ९ गते हुने जनाइएको छ ।

बुधबार, ०८ असार, २०७९, दिउँसोको ०१:२६ बजे

सम्बन्धित खवर