भरतपुरमा सवारी दुर्घटना, २० जना घाइते

असार ७, २०७६ चितवन / नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा दुई बस ठोक्किँदा २० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बिहान काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना ७ ख ९०७ नम्बरको बस र महोत्तरीबाट काठमाडौं जाँदै गरेको ना ५ ख ३०९९ नम्बरको बस ठोक्किएका हुन्। घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

शनिबार, ०७ असार, २०७६, बिहानको ०८:२२ बजे

सम्बन्धित खवर