‘बन्छ तिम्रै नाम’ सार्वजनिक

  प्रतिभासाली नव गायक तथा गायिका द्वय बुद्ध घ्लान र मुना वाईवाले आफ्नो सांगीतिक जिवनकै पहिलो यूगल गीत “बन्छ तिम्रै नाम“ सार्वजनिक गरेर नेपाली सांगीतिक क्षेत्रको यात्राको शुभारम्भ गरेका छन् ।
यस गीतमा प्रसिद्ध गीतकार डि.पी खनालले लेखेका शब्दहरुलाई चर्चित संगीतकार शंकर थापा स्माईलले संगीत भरेका छन् भने बिश्व अधिकारीले संगीत संयोजन गरेका छन् ।
पछिल्लो समयमा म्युजिक भिडियो क्षेत्रका बहुचर्चित कलाकार गरिमा शर्मा र कुन्साङ्ग बम्जनको उत्कृष्ट तथा सुन्दर अभिनय रहेको म्युजिक भिडियोमा बुद्ध थापाको छांयाकंन साथै बिकाश धमलाको सम्पादन रहेको छ ।
नेपाली म्युजिक भिडियो क्षेत्रका अब्बल निर्देशक निकेश खड्काको निर्देशन मा बनेको म्युजिक भिडियोलाई “डश म्युजिक नेपाल“को यूट्युब च्यानल साथै विभिन्न अडियो प्लेटफर्म मार्फत गीतको अडियो पनि विश्वब्यापीरुपमा एकैसाथ सार्वजनिक गरिएको छ ।

बिहिबार, ०७ साउन, २०७८, बिहानको ०९:१९ बजे

सम्बन्धित खवर