पत्रकार केशव धितालको निधन

७ श्रावण, झापा/ नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा ऋषि पुस्तक भण्डार बिर्तामोडका पुराना व्यवसायी ७२ वर्षिय केशव धितालको निधन भएको छ ।

उनको बुधबार राति ८.४५ बजे काठमाडौंमा निधन भएको हो । मुटु रोग लगायतका समस्याबाट गम्भीर अस्वस्थ भई उनको मनमोहन अस्पताल सितापाइला काठमाडौंमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको आफन्तले जनाएका छन् ।

बिहिबार, ०७ साउन, २०७८, बिहानको १०:११ बजे

सम्बन्धित खवर