जसपाको विवाद आजै टुङ्गो लाग्न सक्ने : भण्डारी नै ठाकुरसंग असन्तुष्ट भएपछि समस्यामा ठाकुर- महतो

बैकल्पिक खवर

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच वैधानिकको लडाइँलाई निर्वाचन आयोगले किनारा लगाउने प्रयत्नमा छ । ३ साउनमा पहिलो पटक आयोगले दुवै पक्षका कानुन व्यवसायीबीच इजलास चलाएको थियो ।

र, बिहीबार दोस्रो इजलास बसेको छ । सम्भवत: आजको इजलास अन्तिम हुनसक्छ । सबै कानुन व्यवसायीले बहस गरिसक्ने सम्भावना छ । त्यसैले अब निर्वाचन आयोगले जसपाको वैधानिकता विवादको टुंगो सम्भवत: आजै लाग्नेछ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ३ असारमा एक हप्ता लाग्ने बताएका थिए । र, जसपाका केही नेताहरू पनि आजै विवाद टुंगो लाग्न सक्ने बताउँछन् । जसपाको उपेन्द्र यादव पक्ष पार्टीको सांगठिक संसदीय दल दुवैतिर बहुमत देखिएको छ ।

पछिल्ला दिनमा कार्यकारिणी समिति र संसदीय दलमा देखिएको संख्या हेर्दा ठाकुर पक्षलाई दुवैतिर ४० प्रतिशत संख्या पुर्‍याउन पनि कठिन भएको छ । संसदीय दलमा बहुमत रहेको ठाकुर पक्ष संसद पुनर्स्थापनापछि अल्पमतमा परिसकेको छ । ३२ सांसदमध्ये २२ जना ठाकुर पक्षमा खुलेका छन् । यसले गर्दा ठाकुरलाई पार्टीको वैधानिकताको लडाइँमा समस्या परेको छ ।

५१ सदस्यीय कार्यकारिणी समितिमा ३३ जना यादव पक्षमा खुलेका छन् । पछिल्लामा दिनमा ठाकुर पक्षका केही नेता यादव पक्षमा खुल्न थालेका कारण संख्या घट्दो क्रममा रहेको छ । ठाकुर पक्षका कार्यकारिणी सदस्य अमृता अग्रहरी र प्रमोद साह यादव पक्षमा लागेका छन् ।

राजकुमार लेखी, मनिष सुमन लगायतका नेताहरू पनि मौन बसेका छन् । पछिल्ला दिनमा शरतसिंह भण्डारी नै ठाकुर पक्षमा असन्तुष्ट छन् । यसले गर्दा केन्द्रीय कार्यकारिणी सदस्यमा ४० प्रतिशत पुग्न चाहिने २१ जना सदस्य पनि ठाकुर पक्षसँग छैनन् ।शिलापत्रमा जनाइए अनुसार  बिश्वासपात्र मानिएका शरदसिंह भण्डारी नै असन्तुष्ट बनेपछि ठाकुर – महतो समूहमा ठुलो संकट आइपरेको छ ।

बिहिबार, ०७ साउन, २०७८, दिउँसोको ०१:२० बजे

सम्बन्धित खवर