अपमान सहेर पार्टीमा बसिन्नँ : माधवकुमार नेपाल

श्रावण ७ / काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र अपमान सहेर नबस्ने बताउनुभएको छ ।

नेकपा संस्थापक पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा बिहीबार बिहान आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले दास कम्युनिस्ट हुन नसक्ने बताउनुभयो ।

अपमान र गलत कुरा सहेर पार्टीमा बस्न नसकिने बताउँदै नेता नेपालले आफूलाई जनैखटिराले दुःख दिएजस्तै पार्टीभित्र पनि विभिन्न घाउ खटिराले दुःख दिइरहेको बताउनुभयो ।

बिहिबार, ०७ साउन, २०७८, दिउँसोको ०१:४९ बजे

सम्बन्धित खवर