भट्टराई – यादव पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको तयारी – सनाखत कानुनी प्रक्रिया मात्रै

बैकल्पिक खवर

निर्वाचन आयोगले सनाखतका लागि स्वयं उपस्थित हुन जसपाका कार्यकारिणी सदस्यहरूका नाममा आदेश जारी गरेको छ। आज इजलासमा दुवै पक्षका वकिलहरुको बहस सकिएपछि आयोग यस्तो निर्णयमा पुगेको हो ।
जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी वा मतदाता परिचय पत्रको प्रतिलिपीसहित साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन सबै केन्द्रिय कार्यकारिणी समितीका सदस्यहरु लाई आदेश दिएको हो ।

श्रोतका अनुसार आयोगले आगामी ११ गतेको सनाखत पछि बबुराम भट्टराई र उपेन्द्र यादब समूह लाई जसपाको आधिकारिकता दिने तयारी गरेको छ । सनाखत निर्णयमा पुग्ने सामान्य प्रक्रिया मात्रै भएको बताएको छ । आयोगले अन्तिम निर्णयमा पुग्नुपुर्व कार्यकारिणी समितीका सदस्यहरुको सनाखत गर्नुपर्ने प्रक्रिया भएकोले सोही अनुसार आगामी साउन ११ गतेका लागि सनाखतमा उपस्तिथ हुन सबै कार्यकारिणी समिती सदस्यहरुलाई आदेश दिएको हो।

पछिल्लो समय जसपाको केन्द्रिय कार्यकारिणी समिती र पार्टीको संसदिय दल दुवैमा भट्टराई – यादब पक्षको बहुमत रहेको छ । ओलि सत्ता बहिर्गमनमा परेसंगै ठाकुर – महतो समूह दुवै निकायमा अल्पमतमा परेको मात्रै छैन , गहिरो राजनितीक संकटमा पनि फसेको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएसंगै ठाकुर निकट साम्सदहरु आफ्नो पद जोगाउन यादब समुहतर्फ नजिकिन थालेका छन । प्रधानमन्त्रीमा सेर बहादुर देउवालाई समर्थन गर्दा १२ जना संसद सदस्यहरु रहेको भट्टराई – यादव समुहमा अहिले २२ जना पुगेका छन । त्यस्तै कार्यकारिणी समितीमा ३२ जना पुगेका छन ।
निवर्तमान प्रधानमन्त्री केपि शर्मा ओली बाट निर्वाचन आयोगमा सहजीकरण गरिदिने र बैधानिकता ठाकुर – महतो लाई प्रदान गर्न आवस्यक भुमिका निर्वाह गरिदिने बचन पाएको यो समूह सत्ताबाट ओलीको बहिर्गमन संगै अफ्ट्यारोमा परेको छ । पछिल्लो सत्ता समीकरण , प्रतिनिधीसभाको पुनर्स्थापना लगायतका कारण निर्वाचन आयोग भट्टराई – यादव पक्षलाइ आधिकारिकता दिने निश्कर्शमा पुगेको बताइएको छ ।आजको बहस सकिए लगत्तै निर्णय दिने तयारी गरिएको भएपनि पुर्वप्रधानमन्त्री केपि ओली निकटमानिएका निर्वाचन आयोगका प्रमुख दिनेश थपलियाकै चाहाना अनुसार सनाखतको आदेश गरिएको निर्वाचन आयोग निकट श्रोतले जनाएको छ ।

ठाकुर – महतो लाई ११ गते बिहानसम्म्म बहुमत जुटाउने समय

सनाखतका लागि स्वयं ब्यक्ती नै उपस्तिथि हुनुपर्ने निर्वाचन आयोगको फैसलाले ठाकुर – महतो समुहलाइ केन्द्रिय कार्यकारिणी समितीमा बहुमत सदस्य जुटाउने अवसर जुरेको छ। इजलास सकिएपछि निर्णय दिने तयारी गरेको आयोगले ठाकुर समुहलाइ बहुमत जुटाउनकै लागि ११ गतेका लागि सनाखतको समय तोकिएको श्रोतले बतायो । निर्वाचन आयोग प्रमुख थपलियाको चाहाना सकेसम्म ठाकुर – महतो समुहले नै आधिकारिकता पाओस भन्नेमा छन । यो विशषयमा निवर्तमान प्रम ओली र थपलियाबिच १र२ पटक संवाद समेत भएको बुझिएको छ ।
यता ठाकुर समुहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन । ठाकुर निकट सुरेन्द्र झा, केशब झा, लक्ष्मण लाल कर्ण लगायत नेताहरु बहुमतका लागि अन्तिम प्रयासमा लागेको बताइएको छ । तर उक्त समुहका प्रभावशाली नेता शरद सिंह भण्डारी र मनिश सुमन भने अहिले मौन रहेका छन । प्रतिनिधिसभा विघटन बदर भएसंगै ठाकुर –  महतो समुहमा आन्तरिक विवाद बढ्न थालेको छ ।

आन्तरिक बिबादमा फसेको र ठाकुरले थपेका केन्द्रिय कार्यकारिणी समिती आयोगमा अध्यावधिक नभएका कारण ठाकुर समुहले आधिकारिकता पाउने सम्भावना लगभग सकिएको जानकारहरु बताउँछन । आयोग श्रोतले पनि भट्टराई – यादव पक्षले नै आधिकारिकता पाउने गरि निर्णय हुने संकेत गरेको जसपाका एक नेताले बताए ।

अहिले जसपाको विवाद आयोगमा पुगेको छ। यसअघि आयोगले दुवै पक्षलाई सहमतिका लागि बोलाएको थियो। तर, जसपाका दुवै पक्ष, अध्यक्ष महन्थ ठाकुर – राजेन्द्र महतो र उपेन्द्र यादव – बाबुराम भट्टराई पक्षले मिल्न नसकिने भन्दै कानुन अनुसार निर्णय गर्न भनेका थिए।

त्यसपछि आयोगले राजनीतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार इजलास गठन गरेर सुनुवाइ थालेको थियो।

बिहिबार, ०७ साउन, २०७८, रातीको ०८:४४ बजे

सम्बन्धित खवर