नगरको अन्यौल हटाएर सेवा दिन उपभोक्ता संरक्षण महासंघको आग्रह

  दमक / दमक नगरपालिकामा भइरहेको अन्यौल हटाएर आम उपभोक्तालाई सरल सेवा दिन उपभोक्ता संरक्षण महासंघ झापाले जनप्रतिनिधिको ध्यानाकर्षण गराएको छ । दमक नगरपालिकामा नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम पारित गर्ने बिषयमा नगरसभामा भईरहेको अन्योलको अवस्थाले आम नगरबासी सेवाग्राहीलाई असुविधा परेको भन्दै नेपाली उपभोक्ता संरक्षण महासंघ झापा जिल्ला समितिले शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरि जनप्रतिनिधीलाई ध्यानाकर्षण गराएको हो ।
आम उपभोक्तालाई पर्न गएको असुबिधा प्रति नेपाली उपभोक्ता संरक्षण महासंघ झापा जिल्ला समितिको गम्भीर ध्यानाकर्षण भएको छ । समितिले पत्रकार सम्मेलनमा वितरित विज्ञाप्तिमा भनिएको छ ।
जनताको सेवा गर्ने प्रतिबद्धता बापत जनताको मत प्राप्त गरि बिजयी हुनु भएका जनप्रतिनिधिहरु जनसरोकारका सबै बिषयमा गम्भीर हुनु पर्दछ । तिब्र गतिमा हुनु पर्ने बिकास निर्माण, नियमावलीहरुको निर्माण, शाखा गत योजनाहरुको तर्जुमा , जनताका अन्य प्रत्यक्ष सरोकारका कामकाजहरु नजरअन्दाज गरि बिगत १ महिना देखि नगरसभा बजेट, नीति तथा कार्यक्रम पारित गर्ने बिषयमै अन्यौल वढ्दै गरिरहेकोप्रति हामी चिन्तित भएका छौं, संस्थाका अध्यक्ष दिपु सन्दिप चापागाईंले भने ।
नयाँ आर्थिक बर्षको सुरुवात हुँदा समेत बजेट तथा नीति कार्यक्रम सञ्चालनमा ढिलाई भईरहेको छ । जसका कारण अत्ति आवश्यक काम भएका सर्बसाधारणलाई प्रत्यक्ष असर परेको जनगुनासो वढ्दै गएको छ । स्थानीय सरकारको प्रतिनिधित्व गर्ने सस्था नै अनिर्णयको बन्दी बन्नु दुःखद पक्ष हो । यसरी आवश्यक निर्णय गर्न नसक्दा वार्ड कार्यलयहरुबाट सिफारिस लिई मालपोत , आन्तरिक राजश्व कार्यलय लगायत अन्य कार्यालयमा हुने कामकाज समेत प्रभावित भएकोले जनसरोकारका विषयमा संस्थागत आवाज उठाउन बाध्य भयौं, अध्यक्ष चापागाईले भने ।
यो अवस्थाको तुरुन्त अन्त्य गरि नगरसभा मार्फत आवश्यक निर्णय लिई जनताका सम्पूर्ण कामकाजहरु अभिलम्ब सुचारु गर्न जोडदार माग गर्दछौं । अन्यथा आम उपभोक्ता हरु आन्दोलित हुने तर्फ समेत सचेत रहन आग्रह गर्दछौं । संस्थाका सचिव विरोध सुवेदी र अध्यक्ष चापागाईँद्वरा जारी विज्ञाप्तिमा उल्लेख छ ।

शुक्रबार, ०६ साउन, २०७९, बिहानको ०९:५४ बजे

सम्बन्धित खवर