दुर्घटनामा युवकको मृत्यु, तीन जना घाईते

   श्रावण ६, कमल/ झापाको कमल ६ गुहाबारीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सिटी सफारी र मोटरसाइकल एकापसमा ठोक्किदा भएको दुर्घटनामा मोटरसाइकल चालक कमल ७ का रोशन कोईरालाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहिबार राती करिब ७ बजे त्यहाँस्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १ ह २४२३ नम्बरको सिटि रिक्सा र बिपरित दिशाबाट जाँदै गरेको को ३८ प १२८३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक झापा कमल गा.पा.वडा नं. ७ का २४ बर्षिय रोशन कोईरालाको टाउकोमा चोट लागेको थियो । उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेकोमा आज शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको जनाइएको छ । दुर्घटनामा घाईते भएका मोटरसाइकल पछाडी सवार १९ बर्षिय रेवत सुबेदीको न्युरो अस्पताल बिराटनगरमा कमल ७ का २१ बर्षिय भविन मगरको बिएण्डसी अस्पताल बिर्तामोड र सिटी रिक्सामा सवार कमल ५ की ६५ बर्षिया सुकमाया माझीको एडभान्स अस्पताल दमकमा उपचार भइरहेको छ । दुवै सवारी साधन र सिटी रिक्सा चालक ५२ बर्षिय दिलमान माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार, ०६ साउन, २०७९, रातीको ०८:३५ बजे

सम्बन्धित खवर