बस खोलामा खस्यो , १२ जना घाइते

धादिङ, साउन ६ / पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रेमा बस र माइक्रो आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।

काठमाडौंबाट चितवन जाँदै गरेको लु२ख २१३४ नम्बरको बस र चितवनबाट काठमाडौं आउँदै गरेको बा५ख २१५१ नम्बरको माईक्रो थाक्रे गाउँपालिका–१ खयरघारीमा आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा घाइते भएकाहरुलाई उद्दार गरी उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए । बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको छ ।

सोमबार, ०६ साउन, २०७६, बिहानको ११:२० बजे

सम्बन्धित खवर