सामाजिक सञ्जालमा टिकटक मोह

टिकटक के हो ?
टिकटक सामान्य रुपको सामाजिक सञ्जाल हो । जहाँ छोटा छोटा भिडियोहरु अपलोड गरिन्छ । अचेल टिकटकजस्ता सैयौँ छोटो भिडियो एपहरू अस्तित्वमा छन् । टिकटक, इन्स्टाग्राम रिल, हिप्पो भिडियो, मेजिस्टो, विस्टिया, फनीमेट, बाइट, भिडियो स्टार, फायरवर्क, लिटलट, ब्युटी भिडियो, जुम याङ, चिज आदि छोटा भिडियो डबलीहरू हुन् जसमार्पmत हजारौँले आफ्ना प्रतिभा प्रदर्शन गरिरहेका छन् । छोटो भिडियो–डबलीले ल्याएको हलचलले फिचर फिल्म उत्पादन गर्ने चलचित्र उद्योगलाई पनि तरङ्गित तुल्याएको छ । यससँगै छोटो खालका चलचित्र अर्थात माइक्रोमुभिन (माइक्रोसिनेमा)को अवधारणा पनि अस्तित्वमा आउन थालेको छ ।

प्रतिभा प्रदर्शन गर्ने माध्यम
डिजिटल युगको तामझामपूर्ण वातावरणमा टिकटकको नाम नसुन्ने सायदै कोही होला । दुनियाँका सामु सर्वपरिचित टिकटकलाई ‘प्रतिभा–डबली’ भन्दा फरक नपर्ला । किनभने यसले कलापारखीका लागि प्रतिभा प्रदर्शन गर्ने गतिलो डबली दिएको छ ।
प्रतिभा प्रस्फुटनको अवसर नपाएका कलापारखीलाई रङ्गमञ्च दिएर प्रतिभा अंकुरणमा गुन लगाउने टिकटकको गुनिलो देन बिर्सिनसक्नुको छ । यसले आम नागरिकलाई सेलिब्रिटी बनाउने काम गर्दै आएको छ । यसबाट एउटा सामान्य व्यक्तिको परिचय रातारात बदलिन पुगेको छ, जसबाट समाजमा एक प्रकारको हलचल नै आएको छ ।

छोटो भिडियोको संसार
टिकटकले ल्याएको हलचललाई छोटो भिडियोको युग सुरु भइसकेको सङ्केतका रूपमा पनि लिन सकिन्छ । भिडियो ट्रान्सलेटर नामक वेबसाइटमा प्रकाशित एक लेखका अनुसार चर्चित छोटो भिडियो प्ल्याटफर्ममा भिगो भिडियो, टिकटक, लाइकी, म्याजिस्टो लास्सो, भिभा भिडियो, ट्विच, इन्स्टाग्राम पर्छन् ।

टिकटकको इतिहास
छोटो भिडियोको इतिहास लामो छैन । सन् २०१२ मा स्न्यापच्याटले १० सेकेन्ड लामो भिडियो रेकर्ड गर्न सक्ने एप उपलब्ध गरायो, जसमा सन्देश रेकर्ड गरेर साथीसङ्गीलाई पठाउन सकिन्थ्यो । यसैगरी सन् २०१३ मा भाइनले ६ सेकेन्डको भिडियो एप उपलब्ध गरायो ।
छोटो भिडियो प्ल्याटफर्महरू एकपछि अर्को गरी आउने क्रममा सन् २०१४ मा म्युजिकल्लीले लिप्सिङ सुविधासहितको ६० सेकेन्डको एप उपलब्ध गरायो । सन् २०१६ मा टिकटक अस्तित्वमा आयो, जुन छोटो समयमै सबैलाई उछिनेर संसारभर लोकप्रिय हुन पुग्यो । अहिले पनि टिकटकजस्तै नयाँ–नयाँ छोटा भिडियो डबली आउने क्रम जारी छ ।

लोकप्रियको रहस्य
एक्काइसौँ शताब्दी सूचना विस्फोटनको युग हो । वर्तमान युगमा सूचनाको कुनै कमी छैन । सोसल मिडियाले मूलतः श्रव्य, लेख्य तथा श्रव्य–दृश्य (भिडियो) माध्यमबाट सूचना सम्प्रेषण गर्छन् । यीमध्ये भिडियोप्रति मानिसको आकर्षण बढी छ । सोसल मिडियामार्पmत धेरै प्रयोगकर्तासम्म पुग्ने लोकप्रिय कन्टेन्ट नै भिडियो भन्ने तथ्य अध्ययनबाट खुलेको छ ।
भिडियोले यस प्रकारको पदवी पाउँदापाउँदै पनि सबैले सबै भिडियो हेर्छन् भन्ने चाहिँ छैन । व्यस्त जीवनशैली, चौतर्फी हतारो, विविध रूप–रङ्गका सोसल मिडियाको बाक्लो उपस्थिति आदिले मानिसको एउटै चिजमा ध्यान अडिने समय घट्दै गएको छ । कुनै सामग्रीमा मानिसको छिट्टै ध्यान भङ्ग हुने अवस्था छ । यसलाई ‘ट्याकल’ गर्न छोटो समयमा प्रभावकारी किसिमले सूचना सम्प्रेषण गर्नुपर्ने चुनौती हामीसामु आएको छ ।

सकारात्मक पक्षहरू
छोटो भिडियोको अरू सकारात्मक पक्षहरू पनि छन् । पाँच मिनेटको चिया–ब्रेक होस् वा बस पर्खंदाको छोटो समयमा किन नहोस्, यस्ता भिडियो हेरेर मनोरञ्जन लिन सकिन्छ । अर्कोतिर छोटो भिडियो बनाउन र प्रयोग गर्न पनि सजिलो छ । यस्ता भिडियो बनाउन धेरै योजना बनाउनु पर्दैन । उत्पादन खर्च पनि धेरै लाग्दैन । यसैगरी छोटो भिडियो सिर्जनशील भिडियोग्राफरहरूका लागि आम्दानीको माध्यम पनि बनेको छ ।

सोमबार, ०६ भदौ, २०७९, बिहानको ०८:१३ बजे

सम्बन्धित खवर