ओम मेचीमा वीमाको उपचार सुरु

दमक, / झापाको दमक ७ स्थित पशुहाट क्षेत्रमा स्थापना भएको ओम मेची अस्पतालमा स्वास्थ्य वीमाको उपचार सेवा शुरु गरेको छ ।एक दशक देखि स्त्री तथा प्रसुती सम्बन्धीको उपचारमा छुट्टै परिचय दिन सफल भएको सो अस्पतालमा १ भदौदेखि सरकारी स्वास्थ्य वीमाको उपचार सेवा शुरु गरिएको हो ।

सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमलाई थप गुणस्तरिय र सेवामुखी वनाउन अस्पतालले वीमाको स्वास्थ्य सेवा शुरु गरिएको अस्पतालका अध्यक्ष समेत रहेका स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर निरञ्जनसिंह वोगटीले वताएका छन् ।
कतिपय अस्पतालहरुमा स्वास्थ्य वीमा कार्डका आधारमा दिइने उपचार सेवामा विशेषज्ञ डाक्टरको सेवा नरहेको अवस्थामा सो अस्पतालले भने आफ्नो क्षमता र दक्षताका आधारमा स्त्री तथा प्रसुती रोगका विरामीहरुलाई विशेषज्ञ डाक्टरको सेवा उपलव्ध गराउने डा. बोगटीले बताए ।
सो अस्पतालमा डा. बोगटीसहित स्त्री रोग विशेषज्ञ डा. शंकरप्रसाद हुजदारका चिकित्सक तथा कन्सल्टेन्टहरुको समेत सेवा रहेको छ ।

बिहिबार, ०५ भदौ, २०७६, बिहानको ०८:२० बजे

सम्बन्धित खवर