अभिनेत्री प्रियंका कार्की आमा बनिन्

काठमाडौं /  अभिनेत्री प्रियंका कार्की आमा बनेकी छन् । बुधबार सामाजिक सञ्जालमा छोरी र श्रीमान आयुष्मान देशराज जोशीसँगको एक तस्बिर सेयर गर्दै उनले आमा बनेको खबर सार्वजनिक गरेकी हुन् ।

उनले आफ्नो छोरीको नाम ‘आयांका’ राखेको पोस्ट मार्फत नै जानकारी दिकएकी छिन् । प्रियंका आमा बन्न लागेको खबर सार्वजनिक भएदेखि नै उनी आलोचनामा पर्दै आएकी थिइन् ।

उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्बिरहरु पनि ट्रोलको सिकार हुँदै आएको थियो ।

बुधबार, ०६ असोज, २०७८, दिउँसोको ०१:३७ बजे

सम्बन्धित खवर