सगरमाथाको बेसक्याम्‍पमा ‘फेसन शो’, विश्‍वका १३ देशका अन्तर्राष्‍ट्रिय मोडलहरू सहभागी

काठमाडौँ, ६ असोज/ सगरमाथाको बेसक्याम्‍पमा ‘फेसन शो’ हुने भएको छ । फेसन शोमा नेदरल्याण्डी राजकुमारी र इटालीका राजकुमार सहभागी हुने भएका छन्।
बेसक्याम्पमा बिहीबार हुने फेशन सो हिमालको संरक्षण गर्ने विषयमा तथा जैविक संरक्षण गर्न विश्‍वको ध्यानाकर्षण गर्ने उद्देश्यले फेसन शो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
फेसन शो मा विश्‍वका १३ देशका अन्तर्राष्‍ट्रिय मोडलहरूले सहभागी जनाउने छन् । इटाली, डेनमार्क, बेलायत, पोल्याण्ड, रसिया, नेदरल्याण्ड, नेपाल र फिनल्याण्डका मोडल सहभागी हुने भएका छन् । सोही फेसन शो मा क्याप्टेन विजय लामाले वार्क र्‍याम्प गर्ने भएका छन् ।
कासा बुटिक डिजाइन, आरबी डायमण्ड र के फिल्म्सले फेसन शोको आयोजना गरेको हो । सहयोगी संस्थाहरू नेपाल पर्यटन बोर्ड, स्टार अस्पताल, ग्लोबल आइएइ बैंक, चिभास, द सोल्टी काठमाडौँ र इन्टरनेशनल सेरीकल्चर कमिसन लगायतका अन्य संस्था छन् ।
एल्स्यान्ड्रव जारिनो इटाली, जुलीया क्रिस्टिना मुलर डेनमार्क, आरोन गेज रिचार्ड बेलायत, हुर्बेट विकटोरक्वासप्रोवाइस पोल्याण्ड, जर्ज रोबर्ट रेन्स बेलायत, एकत्येरिना तेरेगुवा रसियन, बेन यसमिन हमौडा डेनमार्क, राजकुमारी एलीसा क्याटरिना इगर (नेदरल्याण्ड), राजकुमार कोसिमो मारिया डे मेडिसी डी टोसकाना डी ओटाजानो (इटाली), लुइस हेस डेनमार्क, रेहन श्रेष्‍ठ नेपाल, फीनल्याण्डकी टीया क्यामीला र पाउला मारिया सहभागी हुने भएका छन् ।

बुधबार, ०६ असोज, २०७८, दिउँसोको ०३:५६ बजे

सम्बन्धित खवर